पछिल्लो २४ घण्टामा भारतभर ३ लाख १७ हजार ५३२ जना नयाँ कोरोना संक्रमित थपिए


लेखक : सुन्दराञ्चल      माघ ६, २०७८ मा प्रकाशित     
पछिल्लो २४ घण्टामा भारतभर ३ लाख १७ हजार ५३२ जना नयाँ कोरोना संक्रमित थपिए

काठमाडौं ६ माघ,  । भारतमा कोभिड-१९ बाट संक्रमित हुनेको दैनिक संख्या फेरि तीन लाख नाघेको छ । त्यहाँ ८ महिनापछि कोरोना भाइरसबाट संक्रमित हुनेको दैनिक संख्या ३ लाख नाघेको हो ।

पछिल्लो २४ घण्टामा भारतभर ३ लाख १७ हजार ५३२ जना नयाँ कोरोना संक्रमित थपिएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । बिहीबार मन्त्रालयले दिएको जानकारी अनुसार भारतमा हालसम्म कुल ३ करोड ८२ लाख १८ हजार ७७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यसमध्ये ३ करोड ५८ लाख ७ हजार २९ जना निको भएका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४९१ जना संक्रमितको ज्यान गएको छ । योसँगै हालसम्म कोभिड संक्रमणबाट ज्यान गुमाउनको संख्या ४ लाख ८७ हजार ६९३ पुगेको छ । पछिल्लो समय भारतमा सक्रिय संक्रमितको संख्या समेत निरन्तर बढिरहेको छ ।
Covid-19 Vaccine Certificate: Here's how to download it from CoWin portal,  Aarogya Setu app - The Financial Express

भारतमा हाल सक्रिय संक्रमितको संख्या बढेर १९ लाख २४ हजार ५१ पुगेको छ । त्यस्तै, स्वास्थ्य मन्त्रालयका अनुसार दैनिक संक्रमण दर बढेर १६.४१ पुगेको छ भने साप्ताहिक संक्रमण दर १६.०६ रहेको छ ।

यसबाहेक कोभिड-१९ को नयाँ ओमिक्रोन भेरियन्टबाट संक्रमित हुनेको संख्या समेत बढ्दै गएको छ । बुधबारको तुलनामा बिहीबार ओमिक्रोनका संक्रमित ३.६३ प्रतिशतले बढेका छन् । हालसम्म यो भेरियन्टबाट संक्रमित हुनेको संख्या ९ हजार २८७ पुगेको छ । अनलाइनखबर

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap