काठमाडौँ जेष्ठ २४,। नेपाल विद्युत अत्तरियास्थित प्रादेशिक कार्यालय सुदूरपश्चिम प्रादेशिक कार्यालयले समयमै काम नगेको भन्दै निमार्ण कार्य सन्तोषनक नभएको भन्दै नौ वटा कम्पनीसँग ठेक्का रद्द गर्ने भएको छ । ठेक्का सम्झौता गरेका निर्माणकर्ताले पटक(पटक लिखित तथा मौखिक जानकारी गराउँदा निर्माण कार्यमा ढिला सुस्थी भएको भन्दै नैे वटा कम्पनीसंग ठेक्का रद्द गर्ने भएको अत्तरियास्थित प्रादेशिक कार्यालयले जनाएको छ ।
अत्तरियास्थित प्रादेशिक कार्यालयले सम्झौता रद्द गर्न नपर्न कुनै मनासिव कारण भएमा सात दिनभित्र निर्माण व्यवसायी तथा आपूर्तिकर्ता स्वयम् उपस्थित भइ स्पष्टीकरण दिन आग्रह समेत गरेको छ ।
रेनु निर्माण सेवा एण्ड रोयल कन्स्ट्रक्सन प्रा। लि, जे।भी, बाजुरा तथा बझाङ जिल्लामा ११र०।४(०।२३ केभी लाइन निर्माण तथा ट्रान्सफर्मर जडान कार्य, राजेन्द्ररउदयदेव,लक्ष्मीदुर्गा जेभी डडेल्धुरा तथ कैलाली जिल्लामा बैजनाथ, सिद्धनाथ तथा ओम विरभद्र ग्राविसको लाइन वितरण निर्माण कार्यको जिम्मा पाएका थिए।आरके इन्टरनेशनल काठमाडौँ,
कञ्चनपुरको पुनर्वास र बैतडीको पाटन मेलौलीमा ३३र११ केभी ६र८ एमभीए सबस्टेशन निर्माण कार्य । दावारमैनावती जेभी बानेश्वर डोटीको तिख्वात्तरमा ३३ केभी लाइन निर्माण कार्य । विभान्सुर ईन्द्रधनु जेभी बानेश्वर कैलालीको सुखरखालमा ३३र११ केभी ३ एमभीए सबस्टेशन निर्माण कार्यको जिम्मा पाएका थिए ।