नेपाल रेडक्रस सोसाइटीका केन्द्रिय सदस्य उत्तम जोशी रहेको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा धनगढी उपशाखाका सभापति ओम प्रकाश पाण्डेय अध्यक्षतामा रहेको थियो ।
त्यस्तै कार्यक्रममा रेडक्रस जिल्ला शाखा सभापती वासुदेव बिनाडी, वडा नम्बर ८ का वडा अध्यक्ष जुगराम चौधरी, गेटा अस्पतालका डाक्टरद्वय डा। गणेश फुलारा र मेडिकल अफिसर नविन बोहराको विशिष्ट आतिथ्यता रहेको थियो ।
रेडक्रश विशिष्ट सदस्य शिवराज ओझाले शुभकामना मन्तव्य व्यक्त गरेको उक्त कार्यक्रममा धनगढी उपशाखाका सचिव पारस जोशीले कार्यक्रम सञ्चालन गरेका थिए ।
उक्त कार्यक्रममा नेपाल चिकित्सक संघ, सुदुरपश्चिम प्रदेशको प्राविधिक सहयोगमा एकदिने निःशुल्क स्वास्थ्य शिविरको समेत आयोजना गरिएको थियो । शिविरमा आएर करीब ६० जनाले स्वास्थ्य परामर्श लिनुका साथै चेकजाँच गराएको आयोजकले जनाएको छ ।