नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा ९ वटा वाणिज्य बैंकलाई कारबाही,


लेखक : सुन्दराञ्चल      बैशाख ८, २०८० मा प्रकाशित     
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा ९ वटा वाणिज्य बैंकलाई कारबाही,

काठमाडौं  वैशाख ८ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा ९ वटा वाणिज्य बैंकलाई कारबाही गरेको छ । बैंक सुपरिवेक्षण विभागले नियामकीय व्यवस्था उल्लंघन गर्ने बैंकलाई नगद जरीवाना सहित कारबाही गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐन र निर्देशनको उल्लंघन गरेकोले १० लाख रुपैयाँ नगद जरीवाना सहित कारबाही गरेको राष्ट्र बैंकले जनाएको छ ।यस्तै कुमारी बैंकसँग गाभिएको एनसीसी बैंकलाई दुई पटक कारबाही गरेको राष्ट्र बैंकले जनाएको छ । ‘प्रमुख कार्यकारी अधिकृतले आफ्नो अख्तियारी भन्दा बाहिर गई कर्जा स्वीकृत गरेकोले तत्कालीन नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडका तत्कालीन प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (२) को खण्ड (ग) बमोजिम पाँच लाख जरीवाना गरिएको छ,’ नेपाल राष्ट्र बैंकले भनेको छ ।

राष्ट्र बैंकलेकर्जाको पुरानो फाइल समेत खोजेर आफ्नो पदको दुरुपयोग गरेको श्रेष्ठलाई कारबाही गरेको हो । राष्ट्र बैंकले तत्कालीन एनसीसी बैंकलाई एकै समूहलाई एक भन्दा बढी सहुलियतपूर्ण कर्जा दिएको, आवश्यकता अनुसार प्रोभिजन नगरेको र कर्जाको प्रिमियम दरमा परिवर्तन गरेकोले सचेत गराएको छ । ‘तत्कालीन नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले सहुलियतपूर्ण कर्जा सम्बन्धी एकीकृत कार्यविधि २०७५ को २६ (क) विपरीत एकै समूहलाई एक भन्दा बढी सहुलियतपूर्ण कर्जा प्रवाह गरेको, कतिपय कर्जाहरुमा पर्याप्त कर्जा नोक्सानी व्यवस्था नगरेको र कतिपय कर्जाहरुमा यस बैंकको निर्देशन विपरीत हुने गरी कर्जाको प्रिमियम दरमा परिवर्तन गरेको छ ।’ राष्ट्र बैंकले भनेको छ, ‘यस बैंकबाट जारी निर्देशनको उल्लंघन गरेको देखिएकोले तत्कालीन प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा १०० को उपदफा (२) (क) बमोजिम सचेत गराइएको छ ।’

एनसीसी बैंकसँगै मर्जर भएको कुमारी बैंकले पनि राष्ट्र बैंकले सचेत गराएको छ । बैंकले निक्षेपमा प्रकाशित भन्दा बढी ब्याज दिएको जोखिममा रहेको कर्जामा पर्याप्त प्रोभिजन नगरेको कर्जाको जोखिम भार कम गणना गरेको राष्ट्र बैंकले जनाएको छ । ‘तत्कालीन कुमारी बैंक लिमिटेडले सहुलियतपूर्ण कर्जा प्रवाह गर्दा कर्जाको औचित्य पुष्टि नहुने गरी कर्जा प्रवाह गरेको, कतिपय मुद्दती निक्षेपमा प्रकाशित व्याजदरभन्दा बढी व्याज प्रदान गरेको, कतिपय कर्जाहरुमा पर्याप्त कर्जा नोक्सानी व्यवस्था एवं जोखिम भार प्रदान नगरेको हुँदा यस बैंकबाट जारी निर्देशनको उल्लंघन गरेको देखिएकोले तत्कालीन कुमारी बैंक लिमिटेडका तत्कालीन प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (२) (क) बमोजिम सचेत गराईएको छ’ राष्ट्र बैंकले भनेको छ ।

अन्य ५ वटा बैंकले भने राष्ट्र बैंकले तोकेअनुराको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) कायम नगरेकोले नगद जरीवाना सहित कारबाही गरेको हो । प्रभु बैंकमा गाभिएको तत्कालीन सेञ्चुरी बैंकले २०७९ साउन र भदौमा सीडी रेसियो कायम नगर्दा १ करोड ८४ लाख ७३३ रुपैयाँ नगद जरीवाना गराएको हो ।

यस्तै नेपाल बैंकले गत साउनमा सीडी रेसियो कायम गर्न नसक्दा १८ लाख ५९ हजार ७५२ रुपैयाँ नगद जरीवाना गराएको छ । यस्तै नबील बैंकले साउन, भदौ र असोजमा सीडी रेसियो उल्लंघन गर्दा ६ करोड ४६ लाख ४५ हजार ३३ रुपैयाँ नगद जरीवाना गरेको राष्ट्र बैंकले जनाएको छ ।

ग्लोबल आईएमई बैंकले ४ करोड ४२ लाख ४६ हजार ८३१ रुपैयाँ नगद जरीवाना तिरेको छ । बैंकले २०७९ भदौ र असोजमा राष्ट्र बैंकले तोकको अनुपातमा सीडी रेसियो कायम नगर्दा उक्त जरीवाना तिरेको हो । कृषि विकास बैंकले ६९ लाख ५८ हजार ८३२ रुपैयाँ नगद जरीवाना गरेको छ । २०७९ भदौ महिनामा बैंकले राष्ट्र बैंकले तोकेको अनुपातमा सीडी रेसियो कायम गर्न नसक्दा उक्त जरीवाना तिरेको हो ।

हिमालयन बैंकले पनि ७१ लाख ७२ हजार ९५९ रुपैयाँ नगद जरीवान तिरेको छ । बैंकले पनि २०७९ भदौमा सीडी रेसियो तोकेअनुसार कायम गर्न नसक्दा राष्ट्र बैंकले कारबाही गरेको हो।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap