नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टीकी नेता र उपराष्ट्रपति रामसहायप्रसाद यादव बिच भेट


लेखक : सुन्दराञ्चल      अशोज १, २०८० मा प्रकाशित     
नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टीकी नेता र उपराष्ट्रपति रामसहायप्रसाद यादव बिच भेट

१ असोज नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टीका नेताले उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई भेटेकी छन् । चीनको युनान प्रान्तको सीपीसीका स्थायी समिति सदस्य तथा प्रान्तीय प्रचार विभाग प्रमुख जेङ यानको नेतृत्वको टोलीले सोमबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गरेकी हुन् ।

उपराष्ट्रपति यादवले मित्रराष्ट्र चीन नेपालको प्रमुख एवं लामो समयदेखिको विकास साझेदार रहिआएको बताए । उनले गत अगस्टमा चीन भ्रमणका क्रममा युनान प्रान्तबाट पाएको अतिथि सत्कारको उच्च प्रशंसा गर्दै युनानको कुनमिङमा ७औं चाइना–साउथ एसिया एक्स्पोजिसन र २७औं चाइना (कुनमिङ) इम्पोर्ट एन्ड एक्स्पोर्ट फेयर सफलतापूर्वक आयोजना गरेकोमा टोलीसमक्ष धन्यवाद व्यक्त गरे ।
चिनियाँ भ्रमण टोलीका नेतृत्व गरेकी जेङ यानले आफूहरुको यो भेटघाटबाट असाध्यै खुशी भएको जनाउँदै दुईदेशीय सम्बन्धलाई थप प्रगाढ, सुदृढ र बलियो बनाउन आफ्नो स्तरबाट प्रयास गर्ने बताइन् ।
Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap