काठमाडौँ असोज २०, नेपाल पत्रकार महासङ्घको तीन तहकै निर्वाचन मङ्सिर २८ मा हुने भएको छ। नेपाल पत्रकार महसङ्घ केन्द्रीय समितिको आयोजना तथा नेपाल पत्रकार महासङ्घ भक्तपुर शाखाको व्यवस्थापनमा मध्यपुरथिमिको बोडेमा गयराति सम्पन्न महासङ्घको प्रदेश तथा जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेलाले आगामी मङ्सिर २८ गते शुक्रवार महासङ्घका तीनै तहको निर्वाचन गर्ने निर्णय गरेको हो।