धनगढी पुष ३, नेपाल पत्रकार महासंघ कैलालीको १२ औं साधारण सभा हिजो शनिवार धनगढीमा सम्पन्न भएको छ । सभालाई सम्बोधन गदै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पत्रकारले आफ्नो धर्मलाई बिर्सनु हुदैन बताए । सहि र गलत केहो पत्रकाले यथार्थपरक समाचार लेख्नुपर्ने मुख्य मन्त्री भट्टले बताउनुभएको थियो । नेपाल पत्रकार महासंघ कैलालीको १२ औँ साधारण सभाको शनिबार धनगढीमा भएको थियो ।
पत्रकारले आफ्नो आचारसंहिता पालनामा पत्रकाले अझ मेहनत गर्नुपर्ने मुख्य मन्त्री भट्टले बताए । “पत्रकारिता भनेको खुला किताब जस्तै पार्रदशीक हुनु प्रर्ने बताए
सुदूरपश्चिममा गौरवका आयोजना सञ्चालन नहुँदा यहाँको विकास हुन नसकेको मुख्यमन्त्री भट्टले भन्नुभयो, “ठूला परियोजना नभएर सुदूरपश्चिमवासी रोजगारीको अवसरबाट पनि वञ्चित भए ।” मुख्यमन्त्री भट्टले काम गर्ने प्रणालीमा परिवर्तन गर्न नसक्दा जनतालाई सन्तुष्ट बनाऊ नसकिएको चर्चा गर्नुभयो ।
नेपाल पत्रकार महासंघ कैलाली अध्यक्ष हिमालय जोशीको अध्यक्षतामा भएको कार्यक्रममा महासंघ केन्द्रीय सचिव हेमकर्ण विक, केन्द्रीय सदस्यद्वय उत्तर विष्ट, भरत शाह र वरिष्ठ पत्रकार चित्राड्ढ थापा, महासंघ प्रदेश अध्यक्ष योगेश रावल लगायतले १२ औं साधारण सभाको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।