बैशाख २४, नेपाल औषधि व्यवसाय संघ धनगढी नगर अध्यक्षमा लक्ष्मण ठकुराठी निर्वाचित भएका छन् । शनिबार सम्पन्न ११ औं ईकाइ अधिवशनबाट ठकुराठीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरिएको हो ।
संघको वरिष्ठ उपाध्यक्षमा हरि अधिकारी, उपाध्यक्षमा सागर भट्ट, सचिवमा प्रकाश देव भट्ट, सह-सचिवमा अमित खड्का र जीवन खड्का, कोषाध्यक्षमा दिपा वलायर, सह-कोषाध्यक्षमा रेखा जोशि निर्वाचित भएका छन् ।
यस्तै सदस्यमा सुशान्त जोशि, जय बहादुर कुँवर, कुबेर राज उपाध्याय, बासमति चौधरी र जीवन वडु निर्वाचित भएका छन ।