बैशाख २३, माघ ८ गते अत्तरियामा भएको नेपाल आइडलको अडिसनमा गोल्डेन माइक पाएकी कञ्चनपुरको कृष्णपुर नगरपालिका – ५ गुलरियाकी प्रेरणा विश्वकर्मा टप टेनमा पुगेकी छिन । उनी टप १२ बाट भोटिङको आधारमा टप टेनमा पुगेकी हुन ।सामान्य परिवारमा हुर्किएकी प्रेरणाले उत्कृष्ट गायन प्रतिभाबाट जजहरूलाई प्रभावित पारेर सुरुमै गोल्डेन माइक पाएकी थिइन् ।नेपाल आइडल चुम्ने सपना बोकेकी उनी हाल काठमाण्डौंमा सङ्घर्षरत छिन । तर, भोटिङ राउन्ड सुरु भएकाले पब्लिकको साथ आवश्यक रहेको भन्दै उनले भोटिङको लागि अपिल गरेकी छिन् ।
उनलाई जिताउन हाल ‘सुदूरपश्च्मिकी छोरी हाम्रो मान, हाम्रो गौरव हाम्रो सान’ अभियान पनि सञ्चालन गरिएको छ । भोटिङको समय शनिवार राती १० बजेबाट सुरु भएर सोमबार दिउँसो १२ बजे सम्म रहने जनाइएको छ । प्रेरणाका बुवा दीपक विश्वकर्माले छोरी टप १० मा पुग्नु सुदूरपश्चिमकै गौरवको विषय भएको बताए । उनले सानै देखि छोरीको सङ्गीतमा रुचि भए पनि आर्थिक अभावका कारण संगितक यात्रा अगाडी बढाउन नसकेकोमा नेपाल आइडलले बाटो खोलिदिएको बताए । उनले छोरीलाई सबैले सहयोग गरेर जिताइदिन आग्रह गरेका छन्