नेपाली महिला फुटबल अन्तर्राष्ट्रिय स्तरमा चिनाउने योद्धा मनु


लेखक : सुन्दराञ्चल      फाल्गुन १६, २०८२ मा प्रकाशित     
नेपाली महिला फुटबल अन्तर्राष्ट्रिय स्तरमा चिनाउने योद्धा मनु

सेती महिला गोल्डकपबाट परिवर्तनको यात्रामा मनु आज नेपाली महिला फुटबल अन्तर्राष्ट्रिय स्तरमा चिनिएको छ । तर साढे दुई दशक अघि महिला फुटबलका लागि मैदान, अवसर र प्रतियोगिता सबै अभावमै थिए । त्यही बेला धनगढीमा ईतिहास रचियो सेती आमन्त्रण अन्तर्राष्ट्रिय महिला गोल्डकप आयोजना गरेर । नेपालमै पहिलो पटक आयोजना भएको यो अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताले दर्जनौं खेलाडीलाई आफ्नो प्रतिभा देखाउने मञ्च दिएको थियो । धेरैले यही मैदानबाट नेपाली राष्ट्रिय टिमको जर्सी लगाउने सपना पुरा गरेको फुटबल प्रशिक्षक यज्ञराज श्रेष्ठले बताए । “महिला फुटबललाई अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता दिनु त्यो बेला साहसिक काम थियो । मनु दाईको व्यवस्थापन प्रशंसनीय थियो ।” उनले भने, “धनगढीमा यस्तो प्रतियोगिता हुनु गर्वको कुरा थियो । महिला खेलप्रति सोच बदलियो ।”
त्यो समय महिला प्रतियोगिता आयोजना गर्नु आफैमा ठूलो चुनौती थियो । स्रोतको अभाव, संरचनाको कमी, सामाजिक सोच सबै बाधा पार गर्दै प्रतियोगिता सफल बनाउने मुख्य व्यवस्थापक थिए नर नारायण शाह मनु । सेती आमन्त्रण अन्तर्राष्ट्रिय महिला गोल्डकपले आफुहरुलाई प्लेटफर्म दिएको नेपाली महिला फुटबल टोलीकी पुर्व कप्तान चन्द्रा भण्डारीले बताईन् । “हामीलाई खेल्ने प्लेटफर्म नै थिएन । सेती गोल्डकपले नै हामीलाई मौका दियो की हामी पनि सक्छौं ।” पुर्व कप्तान भण्डारी भन्छिन्, “त्यो प्रतियोगिताबाटै मेरो राष्ट्रिय टिमको यात्रा सुरु भयो । आयोजकप्रति सधैं आभारी छु ।”
सेती गोल्डकप केवल प्रतियोगिता मात्रै थिएन महिला सशक्तिकरणको अभियान बन्यो । नयाँ पुस्ताका खेलाडी जन्मिए, राष्ट्रिय टिम बलियो बन्यो, समाजको दृष्टिकोण बदलियो । खेलकुद मार्फत समाज रूपान्तरणको अभियान चलाएका मनु अहिले कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभाका उम्मेदवार छन् । खेल, युवा, महिला र विकासका मुद्दा लिएर जनतामाझ पुगेका छन् । “महिलालाई अवसर दिए समाज अघि बढ्छ । खेलकुद विकास मेरो प्राथमिकतामा रहनेछ ।” मनुले भने । महिलाको मैदानबाट सुरु भएको त्यो परिवर्तन अब नीतिगत तहसम्म पुर्याउने लक्ष्यका साथ अघि बढ्दैछन् नर नारायण शाह मनु ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap