२२ फागुन,नेपाली चलचित्र ‘प्रेमगञ्ज’को प्रदर्शन मिति तय गरिएको छ । फिल्म क्षेत्रका विभिन्न व्यक्तिको शुभकामना भिडियो सार्वजनिक गर्दै फिल्म आउँदो वर्षको ३ भदौबाट प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ । फिल्मका निर्देशक परिच्छेद सेन हुन् ।
यो फिल्मबाट तेज गिरीले डेब्यु गर्दैछन् । तेज पेसाले बैंकर हुन् । तेज र बेनिशाबाहेक फिल्ममा सम्पदा बानियाँ पवन भट्टराई, सुप्रिया खनाल, राइडर प्रशान्त, सिमरन खड्का आदि कलाकारको अभिनय रहेको छ ।
सुप्रिया, प्रशान्त, सिमरन अडिसनबाट छानिएका हुन् । फिल्ममा नरेश पौडेल, रश्मी भट्ट, सन्जोग रसाइली, गीता अधिकारीको पनि अभिनय देख्न सकिन्छ ।
स्पट व्यायका रूपमा लामो समय काम गरेका राजु फुयाँलको प्रस्तुति रहेको फिल्म चलचित्र चौतारीको ब्यानरमा बनेको हो । यस फिल्मका कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ हुन् ।
सञ्जय लामाको छायांकन रहेको फिल्म डेढ करोडको लगानीमा बनेको हो । यसअघि भ्यालेन्टाइनको दिन पारेर निर्माण टिमले फिल्मको क्यारेक्टर पोस्टर सार्वजनिक गरेको थियो ।