नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनका लागि तत्काल उम्मेदवारको टुंगो नलगाउनआग्रह,


लेखक : सुन्दराञ्चल      चैत्र २२, २०७८ मा प्रकाशित     
नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनका लागि तत्काल उम्मेदवारको टुंगो नलगाउनआग्रह,

काठमाडौ   २२ चैत्र  –  मातहतका कार्य समितिहरुलाई निर्देशन दिएको छ । आगामी बैशाख ३० गते हुने निर्वाचनका लागि सत्तारुढ दलहरुसँग गठबन्धन हुने सम्भावना बढेपछि कांग्रेसले तत्काललाई उम्मेदवार सिफारिस मौखिक रुपमा होल्ड गराएकाे हाे ।

उम्मेदवार टुंगो लगाउन पार्टीका वडा, पालिका, क्षेत्रीय र जिल्ला कार्यसमितिहरूले छलफल अगाडि बढाएकाी थिए । उम्मेदवार सिफारिससम्बन्धी कामहरु तत्कालका लागि यथास्थितिमा राख्न निर्देशन दिएको नेपाली कांग्रेसका मुख्यसचिव कृष्ण पौडेलले जानकारी दिए ।

‘केन्द्रबाट अर्को निर्णय नभएसम्म अहिलेसम्म जे जति काम भएको छ त्यसलाई अहिले होल्ड गर्न भनिएको हो,’ उनले भने । यसअघि उपसभापति पूर्णबहादुर खड्का संयोजकत्वको ‘स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति’ले मातहतलाई परिपत्र गरेर वडा कार्यसमितिले चैत २१ र पालिकाले चैत २३ सम्म उम्मेदवार टुङ्ग्याएर नामावली बुझाउन निर्देशन दिएको थियो ।

यस्तै प्रदेशसभा निर्वाचन क्षेत्र कार्यसमितिले चैत २५, प्रतिनिधिसभा निर्वाचन क्षेत्र कार्यसमितिले चैत २७, जिल्ला कार्यसमितिले चैत २९ र प्रदेश कार्यसमितिलाई वैशाख १ गतेसम्म उम्मेदवारको टुंगो लगाएर नामावली पठाउन भनिएको थियो । तर, फेरि कांग्रेसले तत्काल त्यो प्रक्रियालाई स्थगित गर्न निर्देशन गरेको हो ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap