नेपाली कांग्रेसले आफ्ना सांसदहरुलाई संसद भवन जाँदा अनामनगर-थापागाउँको सडक प्रयोग गर्न आग्रह


लेखक : सुन्दराञ्चल      फाल्गुन १२, २०७८ मा प्रकाशित     
नेपाली कांग्रेसले आफ्ना सांसदहरुलाई संसद भवन जाँदा अनामनगर-थापागाउँको सडक प्रयोग गर्न आग्रह

 काठमाडौं १२ फागुन, । नेपाली कांग्रेसले आफ्ना सांसदहरुलाई संसद भवन जाँदा अनामनगर-थापागाउँको सडक प्रयोग गर्न आग्रह गरेको छ ।

माइतीघर-तिनकुने सडकखण्डमा एमसीसी विरोधीहरुले प्रदर्शन गर्दा यातायात आवागमन प्रभावित हुनसक्ने भन्दै कांग्रेसले अनामनगर-हनुमानथान-थापागाउँको रुट प्रयोग गर्न सांसदहरुलाई आग्रह गरेको हो ।

कांग्रेस संसदीय दलको तर्फबाट सांसदहरुलाई पठाइएको एसएमएसमा लेखिएको छ, ‘आज फागुन १२ गते संसद भवन पुग्नको लागि अनामनगर-हनुमानथान-थापागाउँको रुट प्रयोग गर्नु हुन अनुरोध छ ।’

आज दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा एमसीसीबारे सैद्धान्तिक छलफल गर्ने तयारी छ । उक्त बैठकमा आफ्ना सबै सांसदहरुलाई अनिवार्य उपस्थित हुन कांग्रेसले निर्देशन दिएको छ ।

एमसीसी अनुमोदन सम्बन्धी प्रस्ताव यही फागुन ५ गते संसदमा पेश भएको थियो । एमसीसी अनुमोदन गर्न नहुने भन्दै नयाँबानेश्वर क्षेत्रमा विरोध प्रदर्शन हुँदै आएको छ । अनलाइनखबर
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap