नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै,


लेखक : सुन्दराञ्चल      पुस २६, २०७९ मा प्रकाशित     
नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै,

 पुष २६ गते  नेपाली कांग्रेसको पदाधिकारी बैठक बसिरहेको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा जारी बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने कि नदिने भनेर निर्णय गर्ने छ ।

पदाधिकारी बैठक लगत्तै संसद भवन नयाँबानेश्वरमा संसदीय दलको बैठक बस्ने छ । सो बैठकले विश्वासको मतबारे औपचारिक निर्णय गर्ने छ ।आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिंदैछन् । प्रधानमन्त्री पदमा नियुक्त भएको ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार प्रचण्डले आज विश्वासको मत लिन लागेका हुन् ।

२७५ सदस्यीय प्रतिनिधि सभाको विश्वास लिन प्रधानमन्त्री प्रचण्डले कम्तिमा १३८ सांसदको समर्थन चाहिन्छ । प्रधानमन्त्रीमा दाबी पेश गर्दा प्रचण्डलाई उनको पार्टी माओवादी केन्द्रसहित नेकपा एमाले, रास्वपा, राप्रपा, जसपा, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीसहित १६९ सांसदले समर्थन गरेका थिए ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । उनले सोमबार मात्रै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर विश्वासको मत दिन आग्रह गरेका थिए । देउवाले पार्टीमा छलफल गरेर निर्णय गर्ने बताएका थिए ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap