नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेशमा संसदीय समिति गठन


लेखक : सुन्दराञ्चल      चैत्र २१, २०७८ मा प्रकाशित     
नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेशमा संसदीय समिति गठन

धनगढी,   २१ चैत ।  नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेशमा संसदीय समिति गठन भएको छ । पार्टीको विधानको धारा ३१ को (ग) प्रदेश कार्यसमिति बैठकले संसदीय समिति गठन गरेको हो । २१ सदस्यीय प्रदेश संसदीय समितिमा पदाधिकारी र ११ जना सदस्य रहेका छन् ।

काँग्रेस विधानमा पदाधिकारी संसदीय समितिमा पदेन सदस्य हुने व्यवस्था छ । सभापति वीरबहादुर बलायर, उपसभापति लोकराज अवस्थी, जनकराज चौधरी, महामन्त्री मेघराज खड्का, नरनारायण शाह ‘मनु’, कोषाध्यक्ष उत्तमबहादुर कडायत, सहमहामन्त्री, अम्बिका चलाउने, चिन्तामणि भट्ट, र गोपालदत्त भट्ट पदेन सदस्य हुन् ।

यस्तै प्रदेश संसदीय दलको नेता पनि पदेन सदस्य रहने विधानमा उल्लेख छ । सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता रणबहादुर रावल पदेन सदस्य बनेका छन् । प्रदेश सभापति वीरबहादुर बलायरले प्रदेश कार्यसमिति सदस्यमध्येबाट कार्यसमितिमा अनुमोदनका लागि ९ जनाको नाम प्रस्तुत गरेका थिए ।

जसमा पदमबहनदुर शाही,मदन गिरी, गौरीसिह बोहोरा, कान्ता चन्द, पुष्प भट्ट गणेश विष्ट,, तिलक राज जोशी, झेली राना थारु, तेजबहादुर सुनुवार रहेका छन् । यस्तै राष्ट्रिय सभा सदस्य नारायणदत्त मिश्रलाई आमन्त्रित सदस्य बनाइएको छ । प्रदेश संसदीय समितिले नगरपालिका र उपमहानगरपालिका प्रमुख र उपप्रमुखको उम्मेदवार छनोट गर्ने अधिकार राख्छ ।

सम्बन्धित जिल्लाका केन्द्रीय कार्यसमितिका सदस्य र जिल्ला कार्यसमितिका सभापतिलाई सम्बन्धित जिल्लाको उम्मेदवारको निर्णय गर्दा प्रदेश संसदीय समितिको बैठकमा आमन्त्रण गर्नुपर्ने व्यवस्था छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap