नेपालले कोरिया र भियतनामसँग भलिबल खेल्ने


लेखक : सुन्दराञ्चल      साउन ११, २०८० मा प्रकाशित     
नेपालले कोरिया र भियतनामसँग भलिबल खेल्ने

११ साउन,  । चीनको हान्झाउमा आगामी सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म हुने १९औं एसियन गेम्सको भलिबलको समूह विभाजन सार्वजनिक भएको छ ।

बिहीबार भएको ड्र अनुसार महिलातर्फ नेपाल समूह सी मा परेको छ । यस समूहमा नेपालले दक्षिण कोरिया र भियतनामसँग खेल्नेछ ।

दुवै एसियाका बलिया राष्ट्र हुन् । विश्व वरियतामा कोरिया ३५औं र भियतनाम ४७औं स्थानमा छन् ।

नेपालको महिला भलिबल टोलीले पहिलो पटक एसियन गेम्स खेल्न लागेको हो । त्यसका लागि अरुणा गुरुङको कप्तानीमा नेपाली टोद्यी प्रशिक्षक गरिरहेको छ ।

टोलीलाई बेल्जियन प्रशिक्षक यान डी ब्रान्ट र नेपालका सफल प्रशिक्षक जगदिश भट्टले प्रशिक्षण दिइरहेका छन् ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap