नेपालबाट कतार पठाइएको छैन हात्ती तर भाइरल भइरहेको छ गलत भिडियो


लेखक : सुन्दराञ्चल      बैशाख १३, २०८१ मा प्रकाशित     
नेपालबाट कतार पठाइएको छैन हात्ती तर भाइरल भइरहेको छ गलत भिडियो

१३ वैशाख, काठमाडौं , अहिले सामाजिक सन्जालमा हात्ती ट्रकमा चढेको एउटा भिडियो भाइरल छ । त्यो भिडियोमा हात्ती एउटा टुलमा टेकेर ट्रकको ट्रलीमा उक्लिएको देखिन्छ ।

धेरै सामाजिक सन्जाल प्रयोगकर्ताले त्यो भिडियोलाई नेपालबाट कतार पठाउन लागिएको हात्ती यही हो भन्दै सेयर गरिरहेका छन् ।

तर त्यो सत्य भने होइन । मंगलबार काठमाडौं आएका कतारका राजा शेख तमिम विन हमाद अल थानी बुधबार स्वदेश फर्किएलगत्तै उनीसँगै हात्ती पनि पठाइयो भनेर सामाजिक सन्जालमा गलत प्रचार भइरहेको छ ।

जबकी कतार पठाउने भनिएका हात्ती चितवनको सौराहास्थित खोरसोरमै छन् । केही अन्तर्राष्ट्रिय कानुनी प्रक्रिया पूरा गर्न बाँकी नै भएकाले ती हात्तीलाई कतार पठाउन केही दिन अझै लाग्ने वन तथा वातावरण मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता बद्रिराज ढुंगानाले प्राविधिक र प्रशासनिक विषय मिलाउनुपर्ने भएकाले नेपालका हात्ती कतार पठाउन समय लाग्ने बताए । उनले भने, ‘हात्ती पठाउने भनेको कसैलाई मुठ्ठीदान गरेजस्तो होइन, यसका आफ्नै प्रक्रियाहरु छन्, ती पूरा गर्न बाँकी छ । प्रक्रिया पूरा भएपछि हात्तीको स्याहारसुसार, उपचार, मोनिटरिङ लगायतका सबै सिस्टमसहित कतारलाई ह्याण्डओभर गरिने छ ।’

उनका अनुसार दुर्लभ वन्यजन्यु तथा वनस्पतिको व्यापार महासन्धि (साइटिस) अनुसार त्यसको ओसारपसारका लागि सम्झौता र साइटिस अनुमति चाहिन्छ । तर हात्ती लेन–देन गर्नका लागि साइटिस अनुमतिपत्र आइसकेको छैन ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृत कुमार राईले अन्तर्राष्ट्रिय सन्धि सम्झौताका प्रक्रिया पूरा नभएकाले कतारका राजासँगै नेपालबाट हात्तीहरु नपठाएको जानकारी दिए । ‘हात्ती संरक्षण कूटनीति अन्तर्गत नेपालले एक जोडी हात्ती कतारलाई उपहार दिने त भनियो तर त्यसका सबै कानुनी र प्रशासनिक प्रक्रिया मिलाउन बाँकी भएकाले कतारका राजासँगै हात्ती पठाइएको छैन,’ मन्त्रालयका प्रवक्ता राईले भने ।

साइटिस महासन्धि के हो ?

संसारभर फैलिएको दुर्लभ वन्यजन्तु तथा वनस्पति प्रजातिको गैरकानूनी व्यापारको समस्या समाधान गर्न सन् १९७३ मार्च ३ का दिन अमेरिकाको राजधानी वासिङटन डि.सी.मा विश्व संरक्षण संघको संयोजकत्वमा एक अन्तर्राष्ट्रिय सम्मेलन अयोजना भएको थियो ।

तत्कालीन अवस्थामा विश्वका ८० राष्ट्रका प्रतिनिधिहरुले सहभागिता जनाएको उक्त सम्मेलनले दुर्लभ वन्यजन्तु र वनस्पतिको संरक्षणको लागि एउटा अन्तर्राष्ट्रिय महासन्धि तयार गरेर त्यसमा हस्ताक्षर गरेका थिए । सोही महासन्धिलाई ‘दुर्लभ वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय ब्यापार महासन्धि (साइटिस)’ नामकरण गरियो ।

साइटिस महासन्धि सन् १९७३ मा पारित भई सन् १९७५ को जुलाई १ बाट कार्यान्वयन हुँदै आएको छ । नेपालले सन् १९७५ मा १२ औं स्थानमा साइटिस महासन्धिको पक्ष राष्ट्र भई काम गर्दै आएको छ । पछिल्लो तथ्याङ्क अनुसार यस महासन्धिमा विश्वका १८० देश पक्ष राष्ट्रको रुपमा रहेका छन् ।

रोनाल्डोका सन्तान कतारलाई उपहार

नेपाल र कतार दुवै साइटिस महासन्धिको पक्ष राष्ट्र भएकाले कतारलाई हात्ती उपहार लेन–देनको सम्झौता गर्नुअघि विश्व संरक्षण संघको अनुमति लिनुपर्ने हुन्छ । अहिले त्यही अनुमतिको प्रक्रिया पूरा गर्न बाँकी छ ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले वन मन्त्रालयमा सम्झौता पूरा भएपछि मात्रै नेपालबाट हात्ती कहिले पठाउने भन्ने टुङ्गो लाग्ने बताए ।

नेपालले कतारलाई उपहारस्वरुप दिन लागेका हात्ती खगेन्द्रप्रसाद र रुद्रकली हुन् । खगेन्द्रप्रसाद भाले हात्ती हो भने रुद्रकली पोथी हो ।

२०७६ असोज ८ गते कोशीकलीबाट खगेन्द्रप्रसाद र २०७५ असोज २३ गते आमा पूजाकलीबाट रुद्रकलीको जन्म भएको थियो । खगेन्द्रप्रसाद र रुद्रकलीको बाबु भने रोनाल्डो नामबाट चर्चित जंगली हात्ती हो ।

नेपालले मित्र राष्ट्रहरुलाई गैंडा, गोही, ब्याँसो र चितुवा उपहारमा दिए पनि हात्ती दिन लागेको भने पहिलोपटक हो । ती हात्ती कतारले दोहाको चिडियाखानामा राख्ने तयारी गरेको छ ।

नेपालले सन् १९८५ देखि हालसम्म विभिन्न देशलाई २६ वटा गैंडा, १० वटा घडियाल गोही, दुईवटा चितुवा र एउटा ब्वाँसो उपहार दिइसकेको छ ।

वन्यजन्तु संरक्षण विभागको रेकर्ड अनुसार नेपालले अमेरिकालाई ६, भारतलाई ४ र चीनलाई ४ वटा गैंडा उपहार दिएको छ । यसैगरी सिंगापुर, बंगलादेश, बेलायत, अष्ट्रेलिया, जर्मनी र जापानलाई २/२ वटा गैंडा उपहार दिएको छ ।

यसैगरी फ्रान्सलाई ६ तथा जर्मनी र भुटानलाई दुई/दुईवटा घडियाल गोही नेपालले दिएको छ । साउदी अरबले दुईवटा चितुवा र जापानले एउटा ब्वाँसो नेपालबाट उपहार पाएका छन् ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap