वि.स. १९९७ सालमा प्राथमिक अस्पतालको रुपमा स्थापना भएको सेती प्रादेशिक अस्पताल सुदुर पश्चिम प्रदेको एक मात्र सरकारी स्तरको रेफरल अस्ताल हो । जहाँ सुप प्रदेशका नौ वटै जिल्लाबाट विरामिहरु रिफर भएर उपचारकालागि आउने गर्दछन् । २०४० मा राजा वीरेन्द्रको सुदूरपश्चिम भ्रमणको क्रममा २५ शय्याको अस्पतालबाट ५० शय्यामा स्तरोन्नति भएको सेती प्रादेशिक अस्पताल, नेपाल सरकारबाट १ सय २५ शैयाँ को स्वीकृति पाएको छ । २०७५ सालमा केन्द्र सरकारले सेती अञ्चल अस्पताललाई प्रदेश अस्पतालको रुपमा स्तररोन्ति गरि प्रदेश सरकार मातहतमा हस्तान्तरण गरेको थियो । प्रदेश सरकार मातहतमा अस्पताल गए पनि छ वर्ष सम्म प्रादेशिक अस्पतालका लागि आवश्यक पर्ने स्वस्थ्य उपचार र पर्याप्त उपकरण थप हुन सकेन । अस्पतालले स्थापनाको ८४ वर्ष पुरा गरेको छ । जनशक्ति, भौतिक पूर्वाधार र उपकरण अभाव अस्पतालमा जीयुका त्यु छन् । सरकारी अस्पतालबाट यस क्षेत्रका जनताले गुणस्तरिय र सहजरुपमा स्वास्थ्य सेवा तथा सुविधा पाउन सकेका छैन । नेपालको स्वास्थ्य सम्बन्धी हक संविधानको भाग ३ मौलिक हक र कर्तव्य अन्र्तगत धारा ३५ मा उल्लेख गरिएको छ । जसमा उपधारा (१) प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन । उपधारा (२) प्रत्येक व्यक्तिलाई आफ्नो स्वास्थ्य उपचारको सम्बन्धमा जानकारी पाउने हक हुनेछ । (३) प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुनेछ भन्ने उल्लेख भएपनि सुदुरपश्चिमका जनता सामान्य स्वास्थ्य उपचार पाउनबाट बन्चित हुने गरेकाछन् । सरकारले सेती प्रादेशिक अस्पतालको स्तरवृद्धि गर्न नसक्दा बिरामीले उपचार पाउन कठिनाइ भोग्नुपरेको छ । अप्रेसन गर्ने एक वर्ष सम्म पालो कुर्नु पर्ने अवस्था छ । यस क्षेत्रका जनता जटील खालको उपचार गर्ने भारत लगायतका ठाँउमा जानुपर्ने बाध्यता अझै कायम छ । अस्पतालमा स्थायी जनशक्ति नहुँदा करार र ज्यालादारीमा चिकित्सक नियुक्त गर्नुपर्ने अवस्था छ । विरामिको चाप बढ्न थालेपछि सरकारको स्वीकृति बिना ३०२ शय्या क्षमतामा अहिले सती प्रादेशिक अस्पताल सञ्चालन गर्नु परेको सेती प्रादेशीक अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा.शेर बहादुर कमरले बताउनु भयो । यहि आर्थीक वर्ष २०७९।०८ मा मात्रै अस्पतालले २ लाख ३५ हजार ३ सय १८ विरामिको ओपिडी उपचार गरेको मेसु कमरले बताउनुभयो ।
सेतीमा स्थायी जनशक्ति ५० शय्याका लागि मात्रै भए पनि अस्पताल विकास समितिबाट थप भएको ७५ शय्या सहित १२५ शय्या हेर्न जनशक्ति नियुक्त गरिएको छ ।
सिमित जनशक्ति र स्रोत साधनबाट १४ वटा विभाग सञ्चालनमा छन्। सर्जरी विभाग अन्तर्गत युरो र न्यूरोसहित जनरल सर्जरी गरिन्छ । यस्तै, मेडिसिन÷कार्डियो विभाग, बालरोग विभाग, हाडजोर्नी विभाग, प्रसूति विभाग, छालारोग विभाग, एनेस्थेसिया, नाक,कान घाँटी विभाग, दन्त रोग विभाग, आकस्मिक विभाग, रेडियोलोजी विभाग, फिरेन्सिक विभाग, प्याथोलोजी र मानसिक रोग विभागबाट सेती प्रादेशिक अस्पतालले बिरामीको उपचार गरिरहेको मेसु कमरले बताउनु भयो । ।
अस्पतालमा मेडिसिनका लागि ३६ शय्या, सर्जरीका लागि ४८ शय्या, बालरोग तथा एनआइसियू ३० शय्या, प्रसूतिका लागि ७५ शय्याको व्यवस्थापन गरिएको छ । यसैगरी, आकस्मिक कक्षमा २० शय्या, अब्जर्भेसनमा १५ शय्या, आइसियू १५ शय्या, एचडियू ४ शय्या, डायलाइसिस २० शय्या, एनआरएच १० शय्या, क्याबिन १ शय्या, एनआइसियू ९ शय्या र प्रस्तावित पोष्ट ओपरेसन वार्डमा २० शय्या हुनेछन्। ,सेती प्रादेशिक अस्पतालमा रेडियोलोजिस्ट र एनेस्थेसियोलोजिस्टको अभाव छ । शल्यक्रिया गर्न एनेस्थेसियोलोजिस्ट आवश्य पर्ने र रोगको निदान गर्न रेडियोलोजिस्ट आवश्यक भए पनि २÷२ जना रेडियोलोजिस्ट र एनेस्थेसियोलोजिस्ट मात्रै सेतीमा कार्यरत छन्। रेडियोलोजिस्ट र एनेस्थेसियोलोजिस्टको विज्ञापन गर्दा पनि निवेदनसम्म नपरेको अस्पतालले जनाएको छ ।
सेती प्रादेशिक अस्पतालमा स्थायी, करार ज्यालादारी र अस्पताल विकास समितिले नियुक्त गरेका सहित ३६७ जना जनशक्ति कार्यरत छन्। अस्पतालमा ३०२ शय्या सञ्चालन गर्न ७७० जना जनशक्ति आवश्यक रहेको निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर कमरले बताउनुभयो । सेतीमा दैनिक ४० देखि ४५ जना बिरामीको डायलाइसिस हुने गरेको छ । जनशक्ति र उपकरणको अभाव नै सेती प्रादेशिक अस्पतालको प्रमुख चुनौती रहेको निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर बताउनुभयो । प्रदेश सरकारले दुई सय शय्यामा स्तरोन्नति गर्ने निर्णय गरे पनि अहिलेसम्म व्यवस्थापन सर्वेक्षण (ओएनएम) सम्म भएको छैन । अस्पतालको अर्को समस्या भनेको निर्माणाधीन नयाँ भवन हस्तान्तरण नहुनु हो । पाँच वर्षदेखि निर्माणाधिन भवनको काम अझै पूरा नहुँदा अस्पताललाई सेवा विस्तार गर्न समस्या परेको अस्पताल विकास समतिका अध्यक्ष नरबहादुर शाहले बताउनु भयो ।
सामाजिक विकास मन्त्रालयले पनि अस्पताल सुधार र स्तरोन्नतिको काम सेती प्रादेशिक अस्पतालबाट सुरु गरेको बताएको छ । सुप प्रदेशका सामाजिक विकास मन्त्री झपटबहादुर साउँदले मन्त्रालयले अस्पताल सुधार र स्तरोन्नतिको काम सेतीबाट सुरु सुरु गरेको बताउनुभयो ।
चालु आर्थिक वर्षभित्रै सेती प्रादेशिक अस्पतालको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) गर्ने मन्त्री साउँदले बताउनुभयो । सेतीमा उपचार मात्रै होइन शैक्षिक गतिविधि पनि हुनुपर्छ भन्ने योजना अगाडि सारिएको छ । निकट भविष्यमै प्यारामेडिक्स, एमडी र एमएसको पढाइ गर्ने लक्ष्य रहेको मन्त्री साउदले बताउनु भयो । हरेक पटक हुने चुनावमा भने कैलाली क्षेत्रनं ५ का उम्मेद्वारको मुख्य एजेन्डा सेती अस्पताल बन्ने गर्दछ । एस क्षेत्रबाट धेरै उम्मेद्वार चुनाव जितेर गएपनि सेती अस्पतालको ओएन एम र स्तरोन्नतिकोलागि पहल नभएको जनताको गुनासो छ । अस्पताल प्रशासनले जति प्रयास गरेपनि सरकारको तर्फबाट प्रयाप्त निति तथा कानुन नबन्दा अस्पतालबाट जनचाहना अनुसार सेवा तथा सुविधा दिन नसकेको अस्पताल प्रसासनको भनाई छ ।