नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव जितिन्न कि भनेर चिन्ता नलिन कार्यकर्तालाई आग्रह


लेखक : सुन्दराञ्चल      चैत्र १, २०७८ मा प्रकाशित     
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव जितिन्न कि भनेर चिन्ता नलिन कार्यकर्तालाई आग्रह

काठमाडौं चैत्र १। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव जितिन्न कि भनेर चिन्ता नलिन कार्यकर्तालाई आग्रह गरेका छन् । मंगलबार अखिल नेपाल महिला संघको कार्यक्रममा उनले चुनाव जित्न गाह्रो नभएको जिकिर गर्नु भो।

‘चुनाव जितिन्न है गाह्रो छ भन्नुपर्दैन, केही गाह्रो छैन’, ओलीले भने, ‘यिनीहरु ससाना समूहहरु हुन् । आजको स्थिति भनेको सबै एकातिर हुँदा पनि हाम्रो तौल बढी हुन्छ अध्यक्ष ओलीले बताए।’

अहिले सत्तारुढ दलका जनप्रतिनिधि एमालेमा प्रवेश गरिरहेको ओलीले बताए । ‘मेयर, उपमेयर, वडाध्यक्ष एमालेतिर प्रवेश गरिरहेका छन्’, अब भने, ‘त्यसकारण हामी जित्छौं, निश्चित रुपमा जित्छौं । यो अनुमानका भरमा, हौसला बढाउन भनेको होइन यथार्थ आधारमा भनेको हो ।’

सत्ता गठबन्धनमा रहेका पाँचवटै दलबीच तालमेल भए पनि एमालेले चुनाव जित्ने ओलीले दावी गरे । ‘एक्लाएक्लै आए त कर्‍याक कुरुक पार्छौं,’ उनले भने, ‘सबै मिलेर आउँदा पनि कर्‍याक कुरुक मर्‍याक मुरुक पार्छौं ।’

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap