नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेटवार्ता


लेखक : सुन्दराञ्चल      चैत्र १३, २०७८ मा प्रकाशित     
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेटवार्ता

काठमाडौं १३ चैत,नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेटवार्ता गरेका छन् । उनीहरूबीच आज बिहान होटल मेरियटमा भेटवार्ता भएको हो । भेटवार्तामा एमाले उपाध्यक्ष वरिष्ठ ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, विदेश मामिला प्रमुख राजन भट्टराईलगायत नेताहरू पनि सहभागी छन् ।

यसअघि विदेशमन्त्री वाङले शीतल निवासमा राष्ट्रपति भण्डारीलाई पनि भेटेका थिए ।

उनले राष्ट्रपति भण्डारी र एमाले अध्यक्ष ओलीपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेटवार्ता गर्ने तालिका छ ।

विदेशमन्त्री वाङ आजै स्वदेश फर्कने छन् । उनले शनिबार प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेट गरेका थिए ।

उनले परराष्ट्रमन्त्री नारायण खड्कासँग पनि भेट गरेका थिए । खड्कासँगको भेटमा नेपाल–चीनबीच विभिन्न ९ वटा समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap