निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य लाइ चुनाव चिह्न वितरण कसरी गरिन्छ ?


लेखक : सुन्दराञ्चल      अशोज २६, २०७९ मा प्रकाशित     
निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य लाइ चुनाव चिह्न वितरण कसरी गरिन्छ ?

२६ असोज, काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका उम्मेदवारहरुलाई आज चुनाव चिह्न वितरण गर्दैछ ।राष्ट्रिय दलको रुपमा मान्यता प्राप्त गरेको दलका उम्मेदवारले मात्र सम्बन्धित दलको निर्वाचन चिह् पाउँछन् । अन्य उम्मेदवारलाई भने निर्वाचन आयोगले निर्वाचन चिह्नहरुको समूहमध्येबाट कुनै एउटा चिह्न वितरण गरिन्छ ।

निर्वाचन चिह्न वितरणको विधि र प्रक्रिया यस प्रकार छ–

आयोगले स्वतन्त्र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्दा स्वतन्त्र उम्मेदवारले प्रयोग गर्ने गरी निर्धारण गरेका निर्वाचन चिह्नको समूहबाट कुनै एउटा चिह्न प्रदान गरिन्छ ।

निर्वाचन चिह्न उम्मेदवार आफैंले वा उम्मेदवारले तोकेको प्रतिनिधिलाई प्रदान गरिन्छ । निर्वाचन अधिकृतले उम्मेदवार वा उम्मेदवारका प्रतिनिधिलाई निर्वाचन चिह्नको समूहबाट कुनै एउटा रोज्न लगाउँछन् ।

निर्वाचन चिह्न प्रदान गर्दा कुनै उम्मेदवार वा उम्मेदवारको प्रतिनिधि उपस्थित नभएमा अन्य उम्मेदवारहरुले रोजिसकेर बाँकी रहेका चिह्न मध्येबाट कुनै एउटा चिह्न निर्वाचन अधिकृतले तोकिदिन्छन् ।

एकभन्दा बढी उम्मेदवारले एउटै निर्वाचन चिह्न रोजेमा त्यस्ता उम्मेदवारहरुको नामको नेपाली वर्णानुक्रमको आधारमा जसको नाम पहिला आउँछ, उसैले प्राथमिकता पाउँछ ।

आयोगले उम्मेदवारहरुको अन्तिम नामावलीमा समावेश भएका उम्मेदवारहरुलाई मात्र निर्वाचन अधिकृतले निर्वाचन चिह्न वितरण गर्दछन् । आयोगले वितरण गरिसकेको निर्वाचन चिह्न फेरि परिवर्तन हुँदैन ।

उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिसकेपछि निर्वाचन अधिकृतले एकीकृत निर्वाचन व्यवस्थापन सूचना प्रणालीमा प्रविष्ट गर्दछन् । त्यही निर्वाचन चिह्न मतपत्रमा राखिन्छ ।

आयोगले कुनै उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिसकेपछि त्यस्तो उम्मेदवारले आफ्नो दल त्याग गरेमा वा अर्को दलमा प्रवेश गरेमा निजलाई प्रदान गरिएको निर्वाचन चिह्न परिवर्तन हुँदैन । त्यस्तो उम्मेदवार निर्वाचित भएमा सम्बन्धित दलले प्रमाणसहित अयोगमा उजुरी दिएमा निजको सदस्यता भने खारेज हुन्छ ।अनलाइनखबर

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap