नारायणी नदी किनारलाई समुद्री किनारको मोडलमा सौन्दर्यीकरण गर्ने योजना


लेखक : सुन्दराञ्चल      अशोज १४, २०७९ मा प्रकाशित     
नारायणी नदी किनारलाई समुद्री किनारको मोडलमा सौन्दर्यीकरण गर्ने योजना

१४ असोज, चितवन । नारायणी नदी किनारलाई समुद्री किनारको मोडलमा सौन्दर्यीकरण गर्ने योजना अनुसार काम गर्न बोलपत्र आह्वान भएको छ ।

नारायणी नदी व्यवस्थापन कार्यालयले आज बोलपत्र आह्वान गरेको हो ।

मेयर रेणु दाहालका अनुसार यो योजनाअनुसार नारायणी नदीको भरतपुर खण्ड र नारायणघाटदेखि गोलाघाटसम्म ५ वटा प्याकेजमा तटबन्धसहित सौन्दर्यीकरण गरिने छ ।

नदी किनारमा बगैंचा, पार्किङ, खेल मैदान, वाक वे (पैदल हिंड्ने स्थान) लगायतका संरचना बनाइने छ । यो योजनाबाट नदीले गर्ने कटान पनि नियन्त्रणमा आउने विश्वास छ ।

नारायणी नदी किनारको  सौन्दर्यीकरण योजनामा २० करोड लागत लाग्ने अनुमान छ ।
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap