सुदुरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री झपटबहादुर साउँदले प्रादेशिक आयुर्वेद चिकित्सालयको अनुगमन तथा निरिक्षण गर्नु भएको छ । बिहीबार अस्पतालले दिँदै आएका सेवा तथा सुविधा ,व्यवस्थापन लगायतका बारेमा मन्त्री साउँद ,मन्त्रालयका सचिब लगायतको टोलीले अनुगमन गरेको हो । सोहि क्रममा अस्पताल द्धारा प्रकासन गरियको पुस्तक रोग अनुसारको योग, पूर्वकर्म तथा पंचकर्म सम्बन्धी हाते पुस्तिकाको मन्त्री साँउदले विमोचन समेत गर्नुभएको थियो ।
चिकित्सालयले तयार गरेको हाते पुस्तिकामा योग र आयुर्वेद उपचारको विधि र पद्धति बारे सामग्री राखिएको छ। पुस्तक योगको प्रचारप्रसार गर्न र आयुर्वेद उपचारबारे जानकारी र सूचना दिन उपयोगी हुने मन्त्री साउँदले बताउनुभयो ।
कार्यक्रममा बोल्दै मन्त्री साउँदले आयुर्वेद उपचारलाई गाँउसम्म पनि बुझाउन जरुरी रहेको बताउनुभयो । ग्रामिण क्षेत्रमा मानीसहरुले आयुर्वेदिक औषधिलाई त्यति विश्वास गर्दैन् महँगोमा एलोपेथी औषधि खान्छन् , यस्ले पछि असर गर्छ भन्ने थाहाछैन , गाउँघरमा यस्का फाईदाबारे प्रचार गर्ने जरुरी रहेको बताउनुभयो । अस्पताललाई थप विस्तार गर्न र जनतालाई सहजरुपमा राम्रो र गुणस्तरिय सेवा दिनकोलागि मन्त्रालयको तर्फबाट आवश्यक सहयोग र मार्गदर्शन भइरहने छ , यस्कालागि सामाजिक विकास मन्त्रालयका सचिव ज्ञानप्रसाद ढकाल, सहितको टिम अस्पताल निरिक्षणमा आएको बताउनुभयो । व्यवस्थापकिय र र प्रशासनिक नेतृत्व मिलेर संस्थालाई अगाडि बढाउनु पर्ने , संस्थालाई सबल बनाउँदै नागरिकको उपचार प्रभावकारी बनाउन मन्त्रालय सकारात्मक रहेकोसमेत मन्त्री साउँदले बताउनुभयो ।
कार्यक्रममा प्रादेशिक आयुर्वेद चिकित्सालयको आर्थिक वर्ष २०७९र०८० को वार्षिक प्रगति विवरण का साथै अस्पतालको अवस्थाको बारेमा चिकित्सालयका निमित्त प्रमुख सुर्य उपाध्यायले जानकारी गर्नु भएको थियो । चिकित्सालयबाट गत वर्ष २९ हजार ७४७ जनाले उपचार सेवा लिएको समेत उपाध्यायले बताउनुभयो ।
चिकित्सालयबाट २३ प्रकारको औषधी निस्शुल्क प्रदान गरिँदै आएको छ भने निकट भविष्यमै थप सेवा विस्तार गर्ने योजना छ। एक विघाहा १७ कठाको क्षेत्रफलमा संघिय सरकार द्दारा ३७ करोडको लागतमा निर्माण सम्पन्न गरी गत साउन २८ गते अस्पताल प्रदेश सरकारलाई लाई हस्तान्तरण गरिएको थियो । चिकित्सालयमा प्रयोगशाला, अल्ट्रासाउण्ड पुर्वकर्म पञ्चकर्म थेरापी वाथ रोग, नसा च्यापिएको, हड्डी खिइएको, पक्षघात र छाला सम्बन्धि समस्या भएका बिरामीको पञ्चकर्म–पूर्वकर्म आयुर्वेदिक पद्धतिअनुसार उपचार हुँदै आएको छ । निकट भविश्यमा शैल्य काया चिकित्सा ( प्यारालाईसिस )लगायतको उपचारसेवा, श शुल्क फार्मेसि विस्तारगर्ने योजना अस्पतालको योजना रहेको छ । चिकित्सालयमा हाल जम्मा ३५ जना कर्मचारी मात्रै कार्यरत छन् । अस्थायी दरबन्दीका ३५ जना कर्मचारीबाट चिकित्सालय सञ्चालन गर्दै आएको छ । ‘अस्थायी दरबन्दी मात्र स्वीकृत भएको छ । स्थायी दरबन्दी छैन । चिकित्सालयमा चार जना चिकित्सक, २÷२ जना, स्टाफनर्स र अनमी ,४÷४ जना कविराज र वैध मात्र छन्। विशेषज्ञ चिकित्सक छैन । पुस्तक विमोचन कार्यक्रम अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नरेश विस्टको अध्यक्षतामा कार्यक्रम सञ्चालन गरिएको थियो ।