नाउलीगाडमा झोलुंगे पुल निर्माण, बाजुरा


लेखक : सुन्दराञ्चल      फाल्गुन ३०, २०७८ मा प्रकाशित     
नाउलीगाडमा झोलुंगे पुल निर्माण, बाजुरा

३० फागुन, बाजुराको गौमुल गाउँपालिका–२ मल्लोदगुनस्थित नाउलीगाड खोलामा झोलुंगे पुल निर्माण गरिएको छ । कादुरी एग्रिकल्चर एण्ड एशोसिएसन ब्रिटिश गोर्खाज, नेपालले निर्माण गरेको झोलुंगे पुलको उद्‍घाटन रक्षा सचिव किरणराज शर्माले गरे ।

जिल्लाको मल्लोदुगुनको कुगुन्ना र बझाङ जोड्ने यो पुल बनेपछि स्थानीय बासिन्दा हर्षित भएका छन् । ८६ लाख २२ हजार रुपैयाँ लागतमा निर्माण भएको पुलको लम्बाइ ८२ मिटर लामो छ ।

नाउलीगाड खोला झोलुंगे पुल उपभोक्ता समितिमार्फत निर्माण भएको हो । यसअघि काठे पुलमार्फत नदी तर्नुपर्ने बाध्यता थियो । पुल बन्दा १० गाउँका बासिन्दा लाभान्वित भएका छन् ।

९० दिनभित्र पुल निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहे पनि वर्षा र हिमपातले गर्दा ९९ दिनमा निर्माण कार्य सम्पन्न भएको कादुरी इन्जिनियर ओहोदनारायण चौधरीले जानकारी दिए ।  फरकधार

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap