नवनियुक्त ३ मन्त्रीले  आज पद तथा गोपनियताको शपथ लिए


लेखक : सुन्दराञ्चल      बैशाख २१, २०८० मा प्रकाशित     
नवनियुक्त ३ मन्त्रीले  आज पद तथा गोपनियताको शपथ लिए

काठमाडौं २१ वैशाख,। नवनियुक्त ३ मन्त्रीले  आज बिहीबार पद तथा गोपनियताको शपथ लिएका छन्  ।

उनीहरूलाई राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन शितल निवासमा आयोजित समारोहमा शपथ  गराएका हुन् ।

नेपाली कांग्रेसबाट धनराज गुरुङ, मोहन बस्नेत र डिगबहादुर लिम्बु हिजो बुधबार मन्त्री नियुक्त भएका थिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार गुरुङलाई कानुन, बस्नेतलाई स्वास्थ्य र लिम्बुलाई युवा तथा खेलकुद मन्त्रीमा नियुक्त गरेका थिए । यसअघि कानुन मन्त्रालयको जिम्मेवारी रक्षा मन्त्रीसमेत रहेका पूर्णबहादुर खड्काले सम्हालेका थिए ।

प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद विस्तार गरेको यो आठौं पटक हो । आठौं पटकको विस्तारमा पनि सरकारले पूर्णता पाएको छैन  ।  खानेपानी र वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री आफैंले सम्हाल्दै आएका छन् ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap