नवनियुक्त मन्त्रीहरूले शीतलनिवासमा लिए पद तथा गोपनीयताको शपथ


लेखक : सुन्दराञ्चल      चैत्र १७, २०७९ मा प्रकाशित     
नवनियुक्त मन्त्रीहरूले शीतलनिवासमा  लिए पद तथा गोपनीयताको शपथ

काठमाडौँ,१७ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषद् पुनर्गठन भएको छ । नवनियुक्त मन्त्रीहरूले शीतलनिवासमा शुक्रवार आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ लिएका छन् । कांग्रेसबाट उपप्रधान र रक्षामा पूर्णबहादुर खड्का, अर्थमा डा. प्रकाशशरण महत, उद्योग वाणिज्य तथा आपूर्तिमा रमेश रिजाल र शहरी विकासमा सीता गुरुङले मन्त्रीको शपथ लिएका छन् ।

माओवादीबाट शक्ति बस्नेतलाई ऊर्जा मन्त्रीको रूपमा शपथ खुवाइएको छ ।त्यस्तै, नेकपा एसबाट बेदुराम भुसालले कृषि तथा पशुपन्छी र प्रकाश ज्वालाले भौतिक पूर्वाधार मन्त्रीको रूपमा शपथ लिएका छन् । जसपाबाट अशोक राई शिक्षा मन्त्री बनेका छन् भने लोसपाबाट शरतसिंह भण्डारीले श्रम मन्त्रीको रूपमा शपथ लिएका छन् ।

नेपाल समाजवादीबाट पार्टीबाट महेन्द्र राय यादव महिला बालबालिका र नागरिक उन्मुक्तिबाट रञ्जिता श्रेष्ठ भूमि व्यवस्था मन्त्री बनेका छन् ।पुरानामध्ये नारायणकाजी श्रेष्ठको मन्त्रालय परिवर्तन भएको छ । उनी गृहमन्त्री बनेका छन् । अझै प्रधानमन्त्रीसँग ५ वटा मन्त्रालय बाँकी छन् । ५ मन्त्रालयमध्ये ४ वटा कांग्रेसको भागमा परेका मन्त्रालय हुन् ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap