नर्वेले जर्मनीलाई उछिन्यो शीतकालीन ओलम्पिकमा


लेखक : सुन्दराञ्चल      फाल्गुन २, २०७८ मा प्रकाशित     
नर्वेले जर्मनीलाई उछिन्यो शीतकालीन ओलम्पिकमा

काठमाण्डौं फागुन २ चीनको बेइजिङमा जारी शीतकालीन ओलम्पिकमा आइतबारसम्मको खेल सकिँदा जर्मनीलाई उछिन्दै नर्वे शीर्ष स्थानमा उक्लिएको छ ।

शीर्ष स्थानको नर्वेले नौ स्वर्ण, पाँच रजत र सात कास्यसहित कुल २१ पदक हात परेको छ । उसलाई पछ्याइरहेको जर्मनीको आठ स्वर्ण, पाँच रजत र एक कास्यसहित कुल १४ पदक छ ।

सात स्वर्ण, ६ रजत र एक कास्यसहित कुल १४ पदक हात पारेको अमेरिका तेस्रो स्थानमा रहँदा चौथो स्थानको नेदरल्याण्ड्सले ६ स्वर्ण, चार रजत र २ कास्यसहित १२ पदक जितेको छ ।

पाँच स्वर्ण, तीन रजत र तीन कास्यसहित ११ पदक जितेको स्वीडेन पाँचौं स्थानमा रहँदा छैटौं स्थानको अस्ट्रियाको नाममा चार स्वर्ण, ६ रजत र चार कास्यसहित कुल १४ पदक छ ।

सातौं स्थानको रसियन ओलम्पिक कमिटीले चार स्वर्ण, पाँच रजत र आठ कास्यसहित १७ पदक हात पार्दा चार स्वर्ण र तीन रजत र दुई कास्यसहित कुल नौ पदक जितेको आयोजक चीन आठौं स्थानमा छ ।

तीन स्वर्ण र पाँच रजतसहित कुल आठ पदक हात पारेको स्विट्जरल्याण्ड नवौं तथा दुई स्वर्ण, ६ रजत र दुई कास्यसहित १० पदक जितेको फ्रान्स १० औं स्थानमा छन् ।
इटालीले दुई स्वर्ण, पाँच रजत र चार कास्य, जापानले दुई स्वर्ण, चार रजत र पाँच कास्य जित्दा स्लोभेनियाको समान दुई स्वर्ण, रजत र कास्य तथा क्यानडाको एक स्वर्ण, चार रजत र १० कास्य छ ।

क्षिण कोरियाले एक स्वर्ण, तीन रजत र एक कास्य, अस्ट्रेलियाले एक स्वर्ण दुई रजत र एक कास्य हात पार्दा फिनल्यान्डको एक स्वर्ण, एक रजत र दुई कास्य छ । हंगेरीको एक स्वर्ण र दुई कास्य रहँदा चेक गणतन्त्रले समान एक स्वर्ण र कास्य हात पारेको छ ।

न्युजिल्यान्ड र स्लोभाकियाले समान एक स्वर्ण तथा बेलारुस र स्पेनको समान एक रजत पदक जित्दा बेल्जियम, लात्भिया र पोल्यान्डको नाममा समान एक कास्य पदक छ ।  फरकधार

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap