महादेव गिरी संवाददाता
धनगढी बैशाख २१, नयाँ आइयाम साथ शिवनगरमा रहेको चैतन्य पाठशाला स्कुलले प्रमुख सल्लाहकारमा प्रा.डा, हेम राज पन्तलाइ चैतन्य पाठशालाका प्रमुख सल्लाकारको रुपमा चयन गरेको छ । चैतन्य पाठशालाले बुधबार एक कार्यक्रमको आयोजना गरि प्रा.डा, हेमराज पन्तलाई पाठशालाले जिम्मेवारी दिइएको हो। चैतन्य पाठशालालाई उर्जा,शिल,नयाँ आइयाम साथ थप उत्कृष्ट बनाउने उदेश्यले पन्तलाई पाठशालाको प्रमुख सल्लाहकारको जिम्मेवारी दिएको पाठशालाका कार्यकारी अधिकृत गणेश प्रशाद जोशीले बताए ।
सोृही कार्यक्रममा पाठशालाले थप तीन वटा पुरस्कारको घोषणा गरेको छ। पाठशालाले यस अघि बार्षिक उत्सवको अवसरमा शिक्षा साधना सेवा पुरस्कार घोषणा गरिसकेको थियो । शिक्षा साधना पुरस्कार आज मात्रै पाठशालाको प्रमुख सल्लाहकारमा नियुक्त भएका डा. पन्तलाई जनहि ५० हजार राशिको प्रदान गरेको थियो ।![]()
यस वर्षदेखि साहित्य साधना,कला संस्कृती साधना र उत्कृष्ट खेलाडी साधाना पुरस्कार घोषणा गरिएको चैतन्य पाठशालाका कार्यकारी अधिकृत गणेश प्रशाद जोशीले सुन्दराञ्चललाइ बताए । तिन ओटाको पुरस्कारको राशि जनही २५ हजार राखिएको छ । यसअघि पाठशालाले ति पुरस्कार छनोट समितीको संयोजकमा प्रा डा.पन्त र सदस्यमा ऐश्वर्य बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख धर्मदेब भट्टलाई राखेका छन् ।

आगामी दिनमा पनी बिभिन्न क्षेत्रमा आबद्ध उत्कृष्टहरुलाई पनी पुरस्कार बितरणमा उहाँको सहयोग महत्वपुर्ण रहने पाठशालाका अधिकृत गणेश प्रशाद जोशीले बताए । पाठशालाका अधिकृत जोशीले बिद्यालयले संस्कार सहितको शिक्षा प्रदान गर्ने उद्येश्य रहेको बताए। पाठशालामा आउने हरेक व्यक्ति शिद्यार्थी, शिक्षक तथा अभिभावकलाई सकारात्मक र खुसीको बातावरण सिर्जना गर्ने उद्येश्य बिद्यालय रहेको बताए । बिद्यालयमा शिक्षक, आर्दश बिद्यार्थी, शिक्षक, अभिभावक बनाउन लागीरहेको बताएका छन् ।यस्तै चैतन्य पाठशालाको प्रमुख सल्लाहकार प्रा डा, हेम राज पन्तले आफूलाई प्रमुख सल्लाहकारमा नियुक्त गरेकोमा पाठशाला परिवारलाई धन्यवाद दिएको छ। 
उनले आफु पनी पाठशालालाई बिगत समय देखी नियाल्दै आइरहेकाले पाठशालाले नयाँ आइयाम गर्ने र फरक सकारात्मक कुरा सिकाउन खोजेको भन्दै आफूलाइ यो पाठशालाले कही नयाँ शिक्षा क्षेत्रमा राम्रो गर्ने देखेको आगामी दिनमा यसले धनगढी उपमहानगरपालिकाको नमुना रुपमा यस पाठशालाले गर्ने भएकाले आफूमा रहेको ज्ञान पाठशालाइ मात्र नभएर सबै शिक्षा क्षेत्रमा राम्रो गर्ने लाइ आफू ज्ञान दिन सदैं प्रतिबध्धता रहिरहने बताए । उनले संस्कार भन्ने कुरा सबैमा जरुरी भएको बताउँदै भोलीका पिडीहरुमा यस्को असर पर्ने बताए । बिद्यार्थी अभिभावक, शिक्षक शिक्षीका तथा समाजमाबस्ने हरेक व्यक्तिमा संस्कारसहितको शिक्षा आवश्यक रहेको बताए ।
बिद्यालयबाट संस्कारसहितको शिक्षा दिएमा पनी भोलीका दिनमा राम्रो बिद्यार्थी, राम्रो बिषयबिज्ञ तथा राजनितीज्ञ तथा राम्रो ब्यक्तीत्वको निर्माण हुने उनले बताए । यस्का लागी नकारात्मक भन्दा पनी सकारात्मक कुरालाई आत्मसाथ गर्दै अघि बढ्नुपर्ने र आफुभन्दा साना र ठुलालाई आदर र सम्मान सहितको संस्कारीयुक्त मान्छे बन्नुपर्ने उल्लेख गरे ।![]()
यस्तै पाठशालाका पुर्ब प्रन्सिपल उदय प्रताप सिँहले शिक्षामा सुधार हुनुपर्ने परिकल्पना स्वरुप २०५८ साल तिर बिद्यालय स्थापना गरिएको बताए । शिक्षाले मान्छेलाई बिवेकशिल बनाउने भएकाले ज्ञान र बिवेकशिल भएर मात्रै नपुग्ने भएकाले संस्कारलाई अवलम्बन गर्नुपर्ने बताए । सोही कुरालाई मध्यनजरराख्दै संस्कारसहितको शिक्षालाई आत्मसाथ गर्दै चैतन्य पाठशालाले संस्कार युक्तसहितको शिक्षालाई अगाडी बढाइरहेको बताए । साही कार्यक्रमको सहजीकरण सहायक प्रधानाध्यापक कटक बहादुर सिँहले गरेका थिए । भने कार्यक्रममा प्रमुख सल्लाहकारमा प्रा.डा हेमराज पन्तबाट शिक्षक शिक्षीकाहरुलाई मायाको चिनो अनुसार ब्याच बितरण समेत गरिएको थियो भने कार्यक्रमा शिक्षक,शिक्षीका,पत्रकार लगाएतको उपस्थिति रहेको थियो ।![]()