धनुषामा नम्बर नखुलेको गाडीको ठक्करबाट वरिष्ठ हवल्दारको मृत्यु


लेखक : सुन्दराञ्चल      बैशाख २०, २०७९ मा प्रकाशित     
धनुषामा नम्बर नखुलेको गाडीको ठक्करबाट वरिष्ठ हवल्दारको  मृत्यु

बैशाख २० धनुषामा नम्बर नखुलेको गाडीको ठक्करबाट ईलाका प्रहरी कार्यालय ढल्केबरमा कार्यरत रहेका प्रहरी वरिष्ठ हवल्दार भोजराज पराजुलीको मृत्यु भएको छ । पूर्वपश्चिम लोकमार्ग अन्तर्गत ढल्केवर चोकमा हिँडेर प्रहरी कार्यालय जाँदै गरेका पराजुलीलाई गाडीले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको ढल्केबरका प्रहरी निरीक्षक रामसागर सिंहले बताएका हुन् ।

सोमबार राति उनी ढल्केबर चोकमा चेक प्वाइन्टबाट ड्युटी गरी ईलाका प्रहरी कार्यालय जाँदै थिए । ठक्कर दिने गाडीको खोजतलास गर्ने काम भइरहेको प्रहरी निरीक्षक सिंहले बताए । ओखलढुंगाको चिंशखुगढी गाउँपालिका वडा नम्बर ५ घर भएका ३७ वर्षीय पराजुली तीन महिना अघि ईलाका प्रहरी कार्यालय ढल्केबरमा सरुवा भएर आएका थिए । पराजुलीको शव पोस्मार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको जनाइएको छ ।
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap