कैलालीको धनगढीमा रहेको सशस्त्र प्रहरीका भवन बाढिले बगायो


लेखक : सुन्दराञ्चल      भदौ २९, २०८१ मा प्रकाशित     
कैलालीको धनगढीमा रहेको सशस्त्र प्रहरीका भवन  बाढिले बगायो

धनगढी भाद्र २९, तीन दिनदेखिको अविरल वर्षासँगै आएको बाढीले कैलालीको धनगढीमा रहेको सशस्त्र प्रहरीका भवन बगाएको छ।

शुक्रबार राति वर्षासँगै मोहना नदीमा आएको बाढीले धनगढी उपमहानगरपालिका–१९ लल्लिपुरमा रहेको सशस्त्र प्रहरीको बिओपीका तीनमध्ये दुईवटा नयाँ भवन बगाएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बाढीले एउटा २ कोठे र अर्को एक हल र एक कोठा रहेको दुई वटा भवन बगाएको हो।

शुक्रबार दिउसो देखि नै बिओपी भवन कटान सुरु गरेपछि सामान अन्यत्र सारिएको थियो। शुक्रबार राती र शनिवार बिहान गरि भवन पूर्णरुपमा बगाएको सशस्त्र प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी पदमबहादुर बिष्टले मोहना नदीको बाढीले बीओपी भवन बगाएपछि बिओपीलाई सामुदायिक भवनमा सारिएको जानकारी दिए।

उनकाअनुसार नयाँ भवन बाढीले बगाएको र पुरानो भवन समेत जोखिममा परेको छ। शुक्रबार राती देखि मात्र पानी पर्न रोकिएको छ। सिमा सुरक्षाका लागि कैलालीका विभिन्न ठाउँमा सशस्त्रका बिओपी स्थापना गरिएका थिए।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap