धनगढी मोडेल, एसपिए, सरस्वती र एलायन्स ‘सिसिएस प्लस टु’ कपको क्वाटर फाइनल प्रवेश


लेखक : सुन्दराञ्चल      माघ १६, २०८० मा प्रकाशित     
धनगढी मोडेल, एसपिए, सरस्वती र एलायन्स ‘सिसिएस प्लस टु’ कपको क्वाटर फाइनल प्रवेश

माघ १६ धनगढी ,धनगढीमा जारी ‘सिसिएस प्लस टु’ अन्तर बिद्यालय स्तरिय फुटवल प्रतियोगिता अन्तर्गत आज ४ खेल सम्पन्न भएका छन् । आज भएका चार खेलमा धनगढी मोडेल माध्यमिक बिद्यालय, सुदुरपश्चिमाञ्चल एकेडेमी, सरस्वती माध्यमिक बिद्यालय धनगढी र इलायन्स इन्टरनेश्नल स्कुल क्वाटर फाइनल प्रवेश गरेका छन् ।

धनगढी रगंशालामा भएको पहिलो खेल अन्तर्गत धनगढी मोडेल माध्यमिक बिद्यालय धनगढीले नास्ट एकेडेमीलाई ३–१ गोल अन्तरले पराजित गरे संगै नास्ट एकेडेमी खेलबाट बाहिरिएको छ, भने धनगढी मोडेल माध्यमिक बिद्यालय क्वाटर फाइनल प्रवेश गरेको छ ।
आजै भएको दोश्रो खेल अन्तर्गत सुदुरपश्चिमाञ्चल एकेडेमी अत्तरिया स्थित होलिल्याण्ड इङ्लिस बोर्डिङ स्कुल लाई ४–२ गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको क्वाटर फाइनल प्रवेश गरेको छ ।

होलिल्याण्ड इङ्लिस बोर्डिङ स्कुल आजको खेलमा पराजित भए संगै खेलबाट बाहिरिएको छ । आजै सम्पन्न तेश्रो खेलमा धनगढी स्थित सरस्वती माध्यमिक बिद्यालयले धनगढीकै ऐश्वर्या बिद्या निकेतनलाई ३–१ गोल अन्तरले पराजित गरेको थियो । यो संगै सरस्वती माध्यमिक बिद्यालय प्रतियोगिताको क्वाटर फाइनल प्रवेश गरेको छ, भने ऐश्वर्या बाहिरिएको छ । अन्तिम चौथो खेलमा एलायन्स इन्टरनेस्नल स्कुलले ‘सिसिएस प्लस टु’ ए लाई ५–० गोल अन्तरले पराजित गर्यो । यो संगै एलायन्सपनि प्रतियोगिताको क्वाटर फाइनल प्रवेश गरेको छ ।

यस अघी ‘सिसिएस प्लस टु’ बी, वेस्टर्न क्रिस्टल एकेडेमी, त्रिनगर माध्यमिक बिद्यालय र लोटस आई बोर्डिङ स्कुल क्वाटर फाइनल प्रवेश गरिसकेका छन् । क्वाटर फाइनल चरणका ४ खेल भोली हुने छन् ।
१६ बिद्यालय सहभागी प्रतियोगितामा ९ देखी १२ कक्षासम्म अध्यायनरत बिद्यार्थीहरुको सहभागितो छ । प्रतियोगिताको प्रथम पुरस्कार ६५ हजार नगद सहित ट्रफी, मेडल, दोश्रो पुरस्कार ३५ हजार नगद सहित ट्रफी, मेडल रहेको छ । प्रतियोगिताको उत्कृष्ठ खेलाडीले नगद ३ हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । उत्कृष्ठ गोलकर्ता र उत्कृष्ठ गोलरक्षकलाई जनही नगद २ हजार ५ सय तथा मेडल र प्रमाणपत्र उपलब्ध गराइने स्कुलका प्रिन्सिपल तिर्थ फुलाराले बताए । प्रतियोगितामा ह्याट्रिक गर्ने खेलाडीलाई नगद १ हजार, प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद १ हजारका दरले पुरस्कार प्रदान गरिने छ ।

 

No description available.

 

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap