धनगढी उपमहानगरपालिकामा कसको मत कती ?


लेखक : सुन्दराञ्चल      जेष्ठ २, २०७९ मा प्रकाशित     
धनगढी उपमहानगरपालिकामा  कसको मत कती ?

धनगढी,२ जेठ । धनगढीमा ८ हजार ७ सय मतगणना सकिएको छ । जसमा मेयर पदका स्वतन्त्र उम्मेदवार गोपाल हमालको अग्रता कायमै छ ।

८ हजार ७ सय मतगणना हुँदा हमालले ३ हजार ८ सय २९ मत पाएका छन् भने सत्तारुढ गठबन्धनका उम्मेदवार नृपबहादुर वडले २ हजार ८५ मत ल्याएका छन्।

यस्तै नेकपा एमालेका रणबहादुर चन्दले ९३८ मत पाएका छन्। अहिले धनगढी उपमहानगरपालिका वडा नम्बर २, ३, १८ र १९ को मत गणना भइरहेको छ भने १ को मतगणना सम्पन्न भइसकेको छ ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap