धनगढी उपमहानगरपालिकामा २४ हजार ४१७ मतगणना हुँदा कसको मत कति ?


लेखक : सुन्दराञ्चल      जेष्ठ ४, २०७९ मा प्रकाशित     
धनगढी उपमहानगरपालिकामा २४ हजार ४१७ मतगणना हुँदा कसको मत कति ?

धनगढी,४ जेठ । कैलालीको धनगढी उपमहानगरपालिकामा मतगणना जारी छ । शनिबारदेखि मतगणना सुरू भएकोमा बुधबार साढे १२ बजे सम्म २४ हजार ४१७ मतगणना भएको छ। स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता फराकिलो बनाउँदै लगेका छन्।

उनले ११ हजार ३१२ मत पाएका छन्। यस्तै गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार नृपबहादुर वडले ५ हजार ४९० र नेकपा एमालेका रणबहादुर चन्दले २ हजार ५७६मत पाएका छन।  हमाल र वडबीच ५ हजार ८२२ मतको अन्तर छ।

यस्तै उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले ४ हजार ९२४ मतका साथ लिड गरिरहेकी छिन्।एमालेकी कन्दकला रानाले ४ हजार ४१३ र स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले २ हजार ८२४ सय मत पाएका छन्। अहिले ३, ४, ५, १६ र १७ नम्बर वडाको मतगणना भइरहेको छ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap