धनगढीमा हाफ म्याराथन प्रतियोगिता हुने


लेखक : सुन्दराञ्चल      चैत्र ११, २०८० मा प्रकाशित     
धनगढीमा हाफ म्याराथन प्रतियोगिता हुने

कैलाली १० चैत्र  ,यसपाली पनि नयाँ वर्षका दिन धनगढीमा हाफ म्याराथन प्रतियोगिता हुने भएको छ। धनगढी जेसीजको आयोजनामा अब धनगढी दौडिन्छ भन्ने नाराका साथ विगत दश बर्षदेखि हुदै आएको धनगढी हाफ म्याराथन यसपाली पनि आयोजना गर्न लागिएको हो।

प्रतियोगिताको तयारी सुरु गरिएको आयोजकले आज धनगढीमा पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ। धनगढी जेसीजले २०७१ साल देखि हरेक नयाँ वर्षको पहिलो दिन हाफ म्याराथन प्रतियोगिताको आयोजना गर्दै आएको छ।

२०७७ सालमा कोरोनाका कारण उसले प्रतियोगिताको आयोजना गर्न नसकेपछि २०७१ साल देखि प्रतियोगिता गर्दै आएको आयोजक धनगढी जेसीजले जनाएको छ। म्याराथन चार वटा विधामा हुनेछ। २१ दसमलव १ किलोमिटरको हाफ म्याराथनका विजेताले ६६ हजार ६६६, दोस्रो हुनेले ४४ हजार ४४४ र तेस्रो हुनेले ३३ हजार ३३३ रकम पुरस्कार पाउने प्रतियोगिताका संयोजक आशिष शाहले जानकारी दिए।

२०८१ को बैशाख १ गते धनगढी रंगशालाबाट सुरु हुने हाफ म्याराथनमा आयोजकले ४ हजार प्रतियोगीहरुको सहभागिता रहने अनुमान गरेको छ। जेसीजले युवाहरुको ब्यक्तित्व र नेतृत्व क्षमताको विकासका लागि हरेक वर्ष यस प्रतियोगताको आयोजना गर्दै आएको जनाएको छ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap