धनगढीमा सरस्वती मावि मनेहराले जित्यो राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि


लेखक : सुन्दराञ्चल      पुस २९, २०८१ मा प्रकाशित     
धनगढीमा सरस्वती मावि मनेहराले जित्यो राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि

पुष २९, : धनगढी उपमहानगरपालिका स्तरीय १५ औँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि सरस्वती माध्यमिक विद्यालय मनेहराले हात पारेको छ ।

प्रतियोगितामा १५ स्वर्ण सहित ८ रजत र ७ कास्य गरी ३० पदक जितेर सरस्वती माविले उपाधि हात पारेको हो । प्रतियोगितामा त्रिनगर माध्यमिक विद्यालय दोस्रो र एरिस्टो मावि, क्याम्पस चोक तेस्रो स्थान हासिल गरेका छन् । त्रिनगरले १४ स्वर्ण, ११ रजत र ८ कास्य गरी ३३ पदक जितेको छ । एरिस्टो माविले ७ स्वर्ण, १ रजत ३ कास्य गरी १३ पदक जितेर तेस्रो स्थान हासिल गरेको हो ।
धनगढी उपमहानगरपालिकाका उप–प्रमुख कन्दकला कुमारी रानाको अध्यक्षतामा नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता समापन कार्यक्रम गरिएको छ । समापन कार्यक्रममा बोल्दै उप–प्रमुख रानाले विद्यालय स्तरबाटै हुने प्रतियोगिताले खेल क्षेत्रमा महत्त्वपूर्ण भूमिका खेल्ने बताइन । उनले खेलकुदको विकासका लागि उपमहानगरपालिकाले महत्त्वपूर्ण भूमिका खेलेको बताइन ।

नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा २६ सामुदायिक र १५ संस्थागत गरी ४१ वटा विद्यालयहरूको सहभागिता रहेको उनले बताइन । प्रतियोगितामा सामुदायिक विद्यालयका ८ सय ४० र संस्थागत विद्यालयका ३ सय १३ गरी १ हजार १ सय ५३ विद्यार्थी सहभागी रहेको थियो। प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स, मार्सल आर्ट, तेक्वान्दो र उसुतर्फका इभेन्ट भएका थिए । प्रत्येक विधामा छात्र र छात्राले अलग–अलग प्रतिस्पर्धा गरेका थिए ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap