धनगढीमा लैंगिक हिंसा पीडित महिलाले लिए निशुल्क मानसिक सवास्थ्य सेवा


लेखक : सुन्दराञ्चल      असार २८, २०८० मा प्रकाशित     
धनगढीमा लैंगिक हिंसा पीडित महिलाले लिए निशुल्क मानसिक सवास्थ्य सेवा

महादेव गिरी  संवाददाता

धनगढी असार २८, धनगढीमा रहेको दृष्टि फाउण्डेसन नेपालले लैङ्गिक हिंसा पीडित महिलाहरुले गुणस्तरीय निशुल्क मानसिक स्वास्थ्य सेवा लिएकाछन् । लैंगिक विभेदमा आधारित हिंसा रोकथाम तथा प्रतिकार्य परियोजना अन्र्तरगत फाउण्डेसनमा बुधबार संचालन भएको मानसिक स्वास्थ्य सेवाबाट ३४ जना लैंगिक हिंसा पीडित महिलाहरुले मानसकि स्वास्थ्य सेवा लिएकाहुन् ।

स्वीस विकास सहयोग, नर्वेजिएन दुताबास र संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष यूएनएफपिएको सहयोगमा धनगढी उपमहानगरपालिकाको समन्वयमा आइपास सीएमसी नेपाल लगायत साझेदारी संस्थाको सहकार्यमा मानसिक स्वास्थ्य सेवा संचालन भएको हो ।

मानसिक असन्तुलन गुमाई सडकमा जथाभावी हिड्ने महिलाहरुको उद्धार गरी फाउण्डेसनमा राखिएको छ । जबरजस्ती घरबाट निकाला गरिएका महिलाहरु मानसिक रोगीभई बाँचिरहेकाछन् । स्वास्थ्य परीक्षणपछि नाम परिवर्तन ७७ वर्षिय माया घिमिरेले औषधि खाएपछि डाक्टरले निको हुन्छ भनेकोले निको बनाउन नियमित औषधि खाने उनले बताईन् । आफ्नो नाम समेत बिर्सेकी १५ वर्षिय किशोरीको नाम दर्ता गर्दाखेरी उनको खुसी नाम राखेर उपचार गरिएको छ ।No description available.

आफ्नो पनि बिर्सेका हिंसा पीडितको अवस्था निकै दर्दनाक देखिन्थ्यो । उपचार सेवा लिएका पीडित महिला र फाउण्डेसनका कर्मचारीलाई फलोअप र निरन्तर औषधि सेवनको समस्याले पिरोली रहेको फाउण्डेसनका अध्यक्ष कल्पना भट्टले बताईन् । सहयोगी दातालाई निरन्तर सेवा दिन उनले अनुरोध समेत गरेकीछन् ।

मानसिक रोग विशेषज्ञ डाक्टर अभिलासा गिरीले कडा खालको मानसिक रोगी भएकोले दृघकालीन समयसम्म बिरामीले औषधि खानुपर्ने बताईन् । औषधि संगै केहीलाई मनोसामाजिक परामर्श सेवापनि जरुरी रहेको उनले बताइन् ।

दृष्टि फाउण्डेसन नेपालका चन्द्रा तिरुवाले मानसिक समस्या भएका व्यक्तिलाई औषधि खुवाउने समस्या झेलि रहेकाबेला संस्थाले औषधि सहित मानसिक रोग विशेषज्ञ डाक्टर ल्याएर सेवा दिएकोमा आफूलाई धेरै खुसी लागेको बताईन् ।

अरुबाट मागरे ल्याई खानाको व्यवस्था गर्नु परेको बताउदै सामाजिक अपमान र तिरस्कार खेप्नु परेको भोगाई सुनाउँदा तिरुवा भावुक बनेकी थिईन् । तिरुवाको भोगाई सुनेर कार्यक्रममा सहभागी सबै स्तब्ध भएका थिए । उनले भनिन् ‘राज्यले गर्नुपर्ने काम हामीले गरी रहेका छौं, राज्यले समस्यामा परेका आफ्ना नागरिकको व्यवस्थापनको जिम्मा लिनुपर्छ ।’

मानसकि स्वास्थ्य सेवाको उद्घाटन समारोहका प्रमुख अतिथि एवम् सामाजिक विकास मन्त्रालयका सचिब ज्ञानप्रसाद ढकालले पहिलो प्राथमिकता मानसिक स्वास्थ्य रहेको बताए । राज्यले गर्नुपर्ने काम दृष्टि फाउण्डेसनले गरेको भन्दै फाउण्डेसनका कामको प्रशंसा गरेका थिए । उनले भने ‘म सदूरपश्चिम आएको एक महिना भयो । म आउने वित्तिकै प्रमुख जिल्ला अधिकारीले दृष्टि फाउण्डेसनका बारेमा जानकारी गराउनु भएको थियो ।’ मेरो ध्यान केन्द्रित भएको छ ।No description available.

विशिष्ट अतिथि एवम् प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले फाउण्डेसनमा रहेका पीडित महिलाहरुले आफू बसिरहेको ठाउँमा निशुल्क मानसिक स्वास्थ्य सेवा पाउदा खुसी लागेको बताए । औषधि उपचारपछि मानसिक रोग निको हुने भएकोले औषधि अति आवश्यक रहेको कट्टेलले बताए । मान्छेलाई पशु सरह व्यवहार गरी घरबाट निकालिएको छ ।

सडकमा अलपत्र परेका महिलाको उद्धार गरी मानविय सेवागर्ने फाउण्डेसनले धेरै राम्रो काम गरेको बताए । मानसिक स्वास्थ्य सेवा संचालन गर्ने संस्थालाई उनले धन्यवाद समेत व्यक्त गरेका थिए ।

संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष युएनएफपिएका सुदूरपश्मि प्रदेश पमुख कृष्ण भट्टराईले प्रमुख जिल्ला अधिकारीको समन्वयमा मानसिक स्वास्थ्य सेवा संचालन गरिएको बताए । हिंसामा परेका व्यक्तिहरुको आधारभूत आवश्यकतालाई सम्बोधन गर्न नीति बनाई काम गर्नुपर्ने उनले बताए । हिंसा संग जोडिएका व्यक्तिहरु मानसिक समस्यामा पर्ने भएकोले फाउण्डेसनमा रहेका महिलाहरुको उपचारको लागि मानसिक स्वास्थ्य सेवा दिएको भट्टराईले बताए । आगामी दिनमा मानसिक स्वास्थ्य सेवा निरन्तर रुपमा दिने आईपास नेपालका बिष्णु नेपाली बताउँछन् ।No description available.

मानसिक स्वास्थ्य सेवाको अवलोकन र अनुगमन गरेका धनगढी उपमहानगरपाकिाका मेयर गोपाल हमालले स्थानीय सरकारले मानसिक स्वास्थ्यलाई महत्वका साथ लिएको बताउँदै मानसिक रोगको बारेमा समाजमा खुलेर कुरा गर्नुपर्ने बताए । मानव सेवाको काम गर्दै आएका फाउण्डेसनलाई उपमहानगरपालिकाले सहयोग गर्दै आएको छ । फेरीपनि आवश्यक सहयोग गर्न तयार रहेको हमालले बताए ।

विगत दुईवर्ष देखि लैंगिक विभेदमा आधारित हिंसा रोकथाम तथा प्रतिकार्य परियोजना धनगढी उपमहानगरपालिकामा संचालन भई रहेको युएनएपपिएका कैलाली जिल्ला कार्यक्रम संयोजक कृष्ण चौधरीले बताए । धनगढी उपमहानगरपालिका,महिला शाखा, स्वास्थ्य शाखा, स्वास्थ्य कार्यालय, वडा नम्बर १३ को वडा कार्यालय र शहरी स्वास्थ्य केन्द्रले समन्वयका लागि सहयोगी भूमिका खेलेका थिए । मनोसामाजिक परामशकर्ता धनराज विकले उद्घाटन समारोह कार्यक्रमको संचालन गरेका थिए ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap