धनगढीमा रहेको हिमशिखर सहकारी संस्थाको १५ औ वार्षिक साधारण सभा सम्पन्न


लेखक : सुन्दराञ्चल      पुस २१, २०८० मा प्रकाशित     
धनगढीमा रहेको  हिमशिखर सहकारी संस्थाको १५ औ वार्षिक साधारण सभा सम्पन्न

महादेव गिरी संवाददाता

धनगढी पुष २१, धनगढीमा हिमशिखर बहुद्देश्यीय सहकारी संस्था १६ औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा वार्षिक साधारण सभा सम्पन्न भएको छ । सो अवसरमा हिमशिखर बहुद्देश्यीय सहकारीले आज धनगढीमा १५ औं बार्षिक साधारणसभाको आयोजना गरेको छ । शनिबार आयोजित एक बार्षिक साधारणसभामा सुदूरपश्चिम प्रदेशका सहकारी रजिष्टार टीकाराम थापाले सहकारीले सबैको आशा र भरोशा अनुसार काम गर्नुपर्ने बताए ।

हिमशिखर बहु.उद्येश्ययीय सहकारी संस्था लि. यस क्षेत्रबाट अध्ययन र अन्य पेशा ,व्यवसायको सिलसिलामा काठमाण्डौं रहेका केही युवाहरुको अगुवाईमा यहाँका श्रमिक, मजदुर ,किसान,उद्यमी,व्यवसाही, लगायत विभिन्न पेशा व्यवसायमा आबद्ध व्यक्तिहरुको सहभागिताको माध्यमबाट आप्ःनो क्षेत्रमा आर्थिक ।

सामाजिक र साँस्कृतिक बिकास गर्ने पवित्र उद्येश्य राखि सु.प.का खप्तड,बडीमालिका ,साईपाल र महाभारत , जस्ता हिश्रृंखलाहरुको चिरस्मण गराउने
ऐन २०४८,बमोजिम २०६५,साल पौष २३, गते सहकारी प्रशिक्षण तथा डिभिजन कार्यलय कैलालीबाट बहुउद्येश्यीय प्रकृतिको कार्य गर्ने पाउने गरि इजाजत प्राप्त संस्था हो । उनले सहकारीका सम्पूर्ण शेयरधनी र बचतकर्ताको रकम सही ठाउँमा परिचालित गरेर काम गर्नुपर्ने बताए । उनले सहकारीको बार्षिक साधारणसभाले शेयर सदस्यहरुलाई सञ्चालक समितिले बर्षभरी गरेका कामका बारेमा जानकारी दिने र आगामी योजनाका बारेमा थपघट गर्नाका लागि बाटो तय गर्नु साधारणसभा महत्वपूर्ण भएको बताए ।

सञ्चालक समितिलाई मार्गदर्शन दिन र पारदर्शी औचित्य प्रभावकारी सुझावको पनि महत्वपूर्ण रहेको रजिष्टार थापाले बताए । सहकारीको शेयर पुँजी ३ करोड ५० लाख ९० हजार एक सय र बचत निक्षेप रु। ३९ करोड ६३ लाख ९३ हजार सात रहेको छ भने ऋण लागानी तथा असुली रु। ५५ करोड ७१ लाख ५१ हजार १३८ छ ।

संस्थाको कुल आम्दानी रु। १० करोड ५० लाख ११ हजार ७३४ पुगेको संसथाका प्रबन्धक महेन्द्र शाहीले बताए । सहकारीका अध्यक्ष दुर्गाप्रसाद भण्डारीको अध्यक्षतामा भएको साधारणसभामा सहकारीका उपाध्यक्ष रोशन सिंहले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने सचिव विमल जोशीले कार्यक्रमको सहजिकरण गरेका थिए । भने

विभिन्न व्यक्तिहरु सम्मानित

हिमशिखर सहकारी संस्थाको १५ औं बार्षिक साधारणसभामा सहकारी क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउनले गौरीगंगा नगरपालिकाका नगर उपप्रमुख भोजबहादुर बमलाई सम्मानित गरेको छ ।त्यस्तै १५ औं बार्षिक साधारणसभामा गोरखापत्र दैनिकका सुदूरपश्चिम संयोजक तथा अनुमोदन दैनिकका प्रकाशक सम्पादक प्रकाश विक्रम शाह सम्मानित भएका छन् । शाहले सहकारीका क्षेत्रमा कलम चलाएर उत्कृष्ट योगदान पुर्याएको भन्दै नगदसहित सम्मानित गरेको हो ।जेष्ठ नागरिक दिर्धराज जोशी,पदम सिहँ कलेल, उत्कृष्ट बचत कर्ता, ऋणी तथा सहकारीका कर्मचारीलाई सो साधारणसभामा सम्मानित गरिएको छ ।

 

Open photo

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap