धनगढीमा रहेको चैतन्य पाठशालाद्धारा शिक्षकलाई ल्यापटप प्रदान

लेखक : सुन्दराञ्चल      पुस २७, २०८० मा प्रकाशित     
धनगढीमा रहेको चैतन्य पाठशालाद्धारा शिक्षकलाई ल्यापटप प्रदान

महादेव गिरी संवाददाता

धनगढी पुष  २७,, धनगढी उपमहानगरपालीका वडा नम्बर ५ शिवनगर स्थीत चैतन्य पाठशालाका शिक्षकलाई ल्यापटप प्रदान गरिएको छ । चैतन्य पाठशालाका प्रमुख सल्लाहकार प्रा। डा। हेम राज पन्तले विद्यालयका सम्पूर्ण शिक्षकहरुलाई ल्यापटप प्रदान गरेका हुन् । चैतन्य पाठशालामा आयोजित कार्यक्रममा शिक्षकहरुलाई प्रमुख सल्लाहकारसँग साक्षत्कारसँगै थप ल्यापटप वितरण भएको विद्यालयले जनाएको छ । चैतन्य पाठशालाले स्मार्ट बोर्ड मार्फत पठनपाठन गराउने र शिक्षकहरुलाई प्रविधी युक्त बनाउन हरेक शिक्षकलाई ल्यापटप उपल्ब्ध गराउने सुदूरपश्चिमको पहिलो बिद्यालय भएको चैतन्य पाठशाला भएको पाठशालाले जनाएको छ ।

विद्यालयका प्रमुख सल्लाहकार प्रा। डा। पन्तले शैक्षिक सुधारमा शिक्षकको मुख्य भूमिका हुने बताए । शिक्षकलाई विद्यालयको पठन पाठन तथा अध्यापन गर्दा अझ झन् सजिलो र प्रविधिमैत्री हुने कुरामा आफु बिश्वस्त रहेको जानकारी दिएका छन् । उनले विद्यालयमा आवश्यक पर्ने प्रविधिलाई पनि जोड्दै जानुपर्ने उल्लेख गर्दै पाठशालाका सम्पूर्ण शिक्षकहरुलाई ल्यापटप बितरणले सहजता प्रदान हुने बताए ।
यस्तै उक्त अवसरमा चैतन्य पाठशालाका अध्यक्ष गणेशप्रसाद जोशीले शिक्षकहरुको मेहनत र लगावले नै शैक्षिक संस्थाले सार्थक रुप लिने बताए ।

साथै उनले विद्यालयका प्रमुख सल्लाहकारलाई बिशेष धन्यावाद ब्यक्त गर्दै सबै जनाको योगदान प्रती धन्यवाद दिएका छन् ।कार्यक्रममा बिद्यार्थी,अभिभावक,बिद्यालयका शिक्षक शिक्षीकाहरुको उपस्थिति रहेको थियो । भने कार्यक्रमको सहजिकरण साहायक प्रधानाध्यापक कटक बहादुर सिहँले गर्नु भयोको थियो ।

धनगढी उपमहानगरपालीका वडा नम्बर ५ शिवनगर स्थीत चैतन्य पाठशालाका शिक्षकलाई ल्यापटप प्रदान गरिएको छ । चैतन्य पाठशालाका प्रमुख सल्लाहकार प्रा। डा। हेम राज पन्तले विद्यालयका सम्पूर्ण शिक्षकहरुलाई ल्यापटप प्रदान गरेका हुन् । चैतन्य पाठशालामा आयोजित कार्यक्रममा शिक्षकहरुलाई प्रमुख सल्लाहकारसँग साक्षत्कारसँगै थप ल्यापटप वितरण भएको विद्यालयले जनाएको छ । चैतन्य पाठशालाले स्मार्ट बोर्ड मार्फत पठनपाठन गराउने र शिक्षकहरुलाई प्रविधी युक्त बनाउन हरेक शिक्षकलाई ल्यापटप उपल्ब्ध गराउने सुदूरपश्चिमको पहिलो बिद्यालय भएको चैतन्य पाठशाला भएको पाठशालाले जनाएको छ ।

विद्यालयका प्रमुख सल्लाहकार प्रा। डा। पन्तले शैक्षिक सुधारमा शिक्षकको मुख्य भूमिका हुने बताए । शिक्षकलाई विद्यालयको पठन पाठन तथा अध्यापन गर्दा अझ झन् सजिलो र प्रविधिमैत्री हुने कुरामा आफु बिश्वस्त रहेको जानकारी दिएका छन् । उनले विद्यालयमा आवश्यक पर्ने प्रविधिलाई पनि जोड्दै जानुपर्ने उल्लेख गर्दै पाठशालाका सम्पूर्ण शिक्षकहरुलाई ल्यापटप बितरणले सहजता प्रदान हुने बताए ।
यस्तै उक्त अवसरमा चैतन्य पाठशालाका अध्यक्ष गणेशप्रसाद जोशीले शिक्षकहरुको मेहनत र लगावले नै शैक्षिक संस्थाले सार्थक रुप लिने बताए ।

साथै उनले विद्यालयका प्रमुख सल्लाहकारलाई बिशेष धन्यावाद ब्यक्त गर्दै सबै जनाको योगदान प्रती धन्यवाद दिएका छन् ।कार्यक्रममा बिद्यार्थी,अभिभावक,बिद्यालयका शिक्षक शिक्षीकाहरुको उपस्थिति रहेको थियो । भने कार्यक्रमको सहजिकरण साहायक प्रधानाध्यापक कटक बहादुर सिहँले गर्नु भयोको थियो ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap