धनगढीमा रहेको चैतन्य पाठशालाद्धारा शिक्षकलाई ल्यापटप प्रदान ,


लेखक : सुन्दराञ्चल      पुस २६, २०८० मा प्रकाशित     
धनगढीमा रहेको चैतन्य पाठशालाद्धारा शिक्षकलाई ल्यापटप प्रदान ,

महादेव गिरी संवाददाता

धनगढी पुष २६, धनगढी उपमहानगरपालीका वडा नम्बर ५ शिवनगर स्थीत चैतन्य पाठशालाका शिक्षकलाई ल्यापटप प्रदान गरिएको छ । चैतन्य पाठशालाका प्रमुख सल्लाहकार प्रा। डा। हेम राज पन्तले विद्यालयका सम्पूर्ण शिक्षकहरुलाई ल्यापटप प्रदान गरेका हुन् । चैतन्य पाठशालामा आयोजित कार्यक्रममा शिक्षकहरुलाई प्रमुख सल्लाहकारसँग साक्षत्कारसँगै थप ल्यापटप वितरण भएको विद्यालयले जनाएको छ । चैतन्य पाठशालाले स्मार्ट बोर्ड मार्फत पठनपाठन गराउने र शिक्षकहरुलाई प्रविधी युक्त बनाउन हरेक शिक्षकलाई ल्यापटप उपल्ब्ध गराउने सुदूरपश्चिमको पहिलो बिद्यालय भएको चैतन्य पाठशाला भएको पाठशालाले जनाएको छ ।

विद्यालयका प्रमुख सल्लाहकार प्रा। डा। पन्तले शैक्षिक सुधारमा शिक्षकको मुख्य भूमिका हुने बताए । शिक्षकलाई विद्यालयको पठन पाठन तथा अध्यापन गर्दा अझ झन् सजिलो र प्रविधिमैत्री हुने कुरामा आफु बिश्वस्त रहेको जानकारी दिएका छन् । उनले विद्यालयमा आवश्यक पर्ने प्रविधिलाई पनि जोड्दै जानुपर्ने उल्लेख गर्दै पाठशालाका सम्पूर्ण शिक्षकहरुलाई ल्यापटप बितरणले सहजता प्रदान हुने बताए ।
यस्तै उक्त अवसरमा चैतन्य पाठशालाका अध्यक्ष गणेशप्रसाद जोशीले शिक्षकहरुको मेहनत र लगावले नै शैक्षिक संस्थाले सार्थक रुप लिने बताए ।

 

साथै उनले विद्यालयका प्रमुख सल्लाहकारलाई बिशेष धन्यावाद ब्यक्त गर्दै सबै जनाको योगदान प्रती धन्यवाद दिएका छन् ।कार्यक्रममा बिद्यार्थी,अभिभावक,बिद्यालयका शिक्षक शिक्षीकाहरुको उपस्थिति रहेको थियो । भने कार्यक्रमको सहजिकरण साहायक प्रधानाध्यापक कटक बहादुर सिहँले गर्नु भयोको थियो ।

 

 

May be an image of 4 people and text

 

 

 

 

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap