धनगढीको एरिष्टो ईङ्गलिस बोडिङ स्कुलको ३१औं वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न


लेखक : सुन्दराञ्चल      फाल्गुन २४, २०८० मा प्रकाशित     
धनगढीको एरिष्टो ईङ्गलिस बोडिङ स्कुलको ३१औं वार्षिक उत्सव तथा  अभिभावक दिवस सम्पन्न

महादेव गिरी संवाददाता

धनगढी फागुन २४, धनगढी उप.महानगरपालिका वडा नम्बर ८ ।मा रहेको एरिष्टो ईङ्गलिस बोडिङ स्कुलको वार्षिकोत्सव तथा अभिभावक दिवस आज बिहीबार एक कार्यक्रम गरी सम्पन्न भएको छ । विद्यालयले विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गरी ३१औं वार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ ।स्कुलका प्रधानाध्यापक हरी बुढाथोकी क्षेत्रीको सभापतित्वमा आयोजित वार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथि सुदुरपश्चिम प्रदेशका सभामुख भिम बहादुर भण्डारी रहेका थिए । प्रमुख अतिथि भण्डारीले स्कुललाई उन्नति र प्रगतीको शुभकामना दिदै आजको युग भनेको प्रतीसप्रर्धाको युग हो निजी बिद्यालय होस वा सरकारी बिद्यालय यसलाई तुलनात्मक ढंगबाट अगाडी बढाउन जरुरी रहेको सभामुख भिम बहादुर भण्डारीले बताए ।

विद्यालयले ३१औं वार्षिकोउत्सवकोे अवसरमा खेलाउदै आइरहेको खेलहरुमा विद्यालयमा अध्ययनरत एवम् खेलकुदमा सहभागी प्रथम, दोस्रो र तेस्रो विद्यार्थीहरु लगायत अनुशासन, भाषा, कला, स्वच्छता जस्ता उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेको थियो ।

वार्षिकोत्सवको सांस्कृतिक कार्यक्रममा विद्यार्थीहरुले आफ्नो रोचक नृत्य, गीत, मन्तव्य संगै मनमोहक प्रस्तुति समेत झल्काएका थिए । वि।स २०४९साल स्थापना भएको विद्यालयमा हाल नर्सरी कक्षा देखि १० सम्म पठनपाठन गराउँदै आइरहेको छ । साथै स्थापनाकालदेखि विद्यार्थीको संख्या मात्र नभएर गुणस्तरिय शिक्षामा जोड दिदै आइरहेको विद्यालयमा एक हजार आठ सय भन्दा बढी विद्यार्थीहरु अध्ययन गर्दै आईरहेको विद्यालयका प्रधानाध्यापक हरी बुढाथोकी क्षेत्रीले बताए । कार्यक्रममा ,बिद्यालयका प्रधानाध्यापक, शिक्षक,शिक्षिका, पत्रकार विभिन्न विद्यालयका शिक्षक, बुद्धिजीवी, अभिभावकहरु, विद्यार्थीहरु लगायतको उपस्थिति रहेको थियो ।

 

No description available.

 

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap