कैलालीको धनगढीमा मिनीट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक घाइते


लेखक : सुन्दराञ्चल      कार्तिक २८, २०८१ मा प्रकाशित     
कैलालीको धनगढीमा मिनीट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक घाइते

धनगढीःकार्तिक २८, कैलालीको धनगढीमा मिनि ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक घाइते भएका छन्।
धनगढी उपमहानगरपालिका–१ चकमेली बजारस्थित बुधबार ५ बजेको समयमा धनगढी–१३ कैलाली गाउँ बस्ने ४० वर्षीय यज्ञराज भट्टराइले चलाएको से १ क ३८४ नम्बरको मिनी ट्रकले धनगढी–१ शिवनगर बस्ने ५८ वर्षीय लोकेन्द्र अवस्थीले चलाएको सुदूरपश्चिम प्रदेश ०१००९ प ५५९३ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालको छातीमा चोट लागेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कविन्द्रसिंह बोहराले बताए।

घाइतेलाई निसर्ग अस्पताल पठाइको छ भने ठक्कर दिने मिनीट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap