कात्तिक १७, कैलालीको धनगढीमा मापदण्ड विपरीत बनेका संरचना हटाउन सुरु गरिएको छ । बुधबारदेखि धनगढी उप-महानगरपालिकाले वडा नम्बर १ कैलाली पुलदेखि वडा नम्बर ८ क्याम्पस चोक सडक छेउका संरचना हटाउन डोजर चलाएको हो ।
तर घरधनीहरुले त्यसको बेवास्ता गरेपछि उपमहानगरपालिकाले संरचना हटाउन थालेको हो । संरचना हटाउन कार्यस्थलमा पुगनुभएकी धनगढी उपमहानगरपालिकाकी उपप्रमुख कन्दकला रानाले महानगरपालिकाले पत्राचार गर्दा बेवास्ता गरेकाले संरचना भत्काउन थालेको बताए ।
उनले बुधबारबाट सुरु भएको अभियानलाई निरन्तरता दिने पनि बताए। मापदण्ड विपरीत बनेका संरचना हटाउने अभियान पछिल्लो समय देशव्यापी रुपमा बढ्दै गइरहेको छ । यसअघि काठमाडौं, पोखरा महानगरपालिका र हेटौंडा उपमहानगरपालिकाले पनि अवैध संरचनामा डोजर चलाएको थियो ।