धनगढीमा भोलिदेखि शैक्षिक महोत्सव हुने,


लेखक : सुन्दराञ्चल      पुस ८, २०८१ मा प्रकाशित     
धनगढीमा भोलिदेखि शैक्षिक महोत्सव हुने,

धनगढी पुष ०८,  भोलिदेखि धनगढीमा ‘नवौं वृहत राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव २०८१’ हुने भएको छ । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ कैलालीको आयोजनामा शैक्षिक महोत्सव हुन लागेको हो ।

संघले आज धनगढीमा पत्रकार सम्मेलन गर्दै महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । महोत्सवको उद्घाटन सुदूररपश्चिम प्रदेशका मुख्यमन्त्री कमलवहादुर शाहले गर्ने आयोजकले जनाएको छ ।

महोत्सवमा सुदुरपश्चिम प्रदेशका साथै देश र विदेशमा रहेका प्रकाशक, स्टेशनरी वितरक, शैक्षिक संस्था, मसलन्द सामाग्री, शिक्षण संस्थाहरु र शिक्षासँग सम्वन्धित निकायहरुका गरी एक सय बढी स्टल रहेको संघका कैलाली जिल्ला अध्यक्ष भीम पडालले जानकारी दिए ।

महोत्सवमा रमाइलो मेलाका साथै राष्ट्रिय कलाकारहरुको पनि प्रस्तुती रहने बताउँदै उनले सुदूरपश्चिमका परिकारसहितका खाना र खाजाका स्टल राखिएको बताए । शिक्षा र खेलकुदसँग सम्बन्धित विभिन्न विषयहरुमा बहस पनि सञ्चालन तथा त्यसमा मदन पुरस्कार विजेता साहित्यकारहरुका साथै विभिन्न क्षेत्रका ख्यातिप्राप्त व्यक्तित्वहरुको पनि सहभागीता रहने जनाइएको छ ।

महोत्सव अवलोकनका लागि विद्यालय र क्याम्पसका विद्यार्थीहरु सामुहिक रुपमा पोशाकमा आएमा निशुल्क प्रवेश,अन्य विद्यार्थी स्वस्फुर्त रुपमा आएमा रु. ५० टिकटदर राखिएको,सर्वसाधारणलाई रु. १०० राखिएको छ ।

जेष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तीहरुलाई महोत्सवमा प्रवेश निशुल्कको व्यवस्था गरिएको जनाइएको छ ।

add

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap