धनगढीमा ब्रोकर नं. ३४ को शाखा सञ्चालन फागनु ५ गते उद्घाटन हुने


लेखक : सुन्दराञ्चल      माघ २५, २०८० मा प्रकाशित     
धनगढीमा ब्रोकर नं. ३४ को शाखा सञ्चालन फागनु ५ गते उद्घाटन हुने

 धनगढी, २५ माघ , भिजन सेक्युरिटिज (स्टक ब्रोकर नं.३४) ले सुदूरपश्चिमको राजधानी धनगढीमा शाखा विस्तार गरेको छ । शाखाको औपचारिक उद्घाटन भने फागुन ५ गते हुनेछ । धनगढीको मुख्यसडकस्थित रातोपुलमा कार्यालय स्थापना भई आवश्यक प्रक्रिया अघि बढाएको भिजन सेक्युरिटिज धनगढी शाखाले जनाएको छ । ‘हामीले कार्यालय स्थापना गरिसकेका छौं । त्यसको औपचारिक उद्घाटन फागुन ५ गते हुनेछ,’ धनगढी शाखाकी माया जोशीले भनिन्,

‘शाखाको स्थापना भएसँगै भिजन सेक्युरिटिज नेपालमा सबै भन्दाबढी शाखा भएको ब्रोकर भएको छ ।’ धनगढीमा शाखा विस्तारसँगै भिजनका केन्द्रीय कार्यालयसहित १२ वटा कार्यालय भएका हुनपुगेका छन् । नियामक निकायहरुबाट अनुमति लिई सेयरबजारको इतिहासमा नेपालमा सबै भन्दाबढी शाखा सञ्जाल भएको भिजनले जनाएको छ । नौ जिल्ला रहेको सुदूरपश्चिम प्रदेशमा हालसम्म दीपशिखा धितोपत्र कारोवार कम्पनी (स्टक ब्रोकर नं.३८) को मात्र शाखा रहेको छ ।

सिंगो सुदूरपश्चिम प्रदेशभरी दीपशिखाले मात्र कारोवार गरिरहँदा एकलौटी थियो । सेवाग्राहीले समयमै सेवासुविधा नपाएर हैरान थिए । अब अर्को ब्रोकर (भिजन) को शाखा स्थापना भई कारोबार भएपछि सेयरलगानीकर्तालाई सहज हुने सेयर कारोबारी राकेश सिंहले बताए । सुदू्पश्चिमको प्रमुख शहर तथा व्यापारी केन्द्रकोरुपमा रहेको धनगढीमा भिजनले शाखा खोलेसँगै आपसमा प्रतिस्पर्धा भई सेयरलगानीकर्ताको समयको वचत हुनुका साथै कारोबार गर्न सहज हुने यस क्षेत्रका सेयरलगानीकर्ताको भनाई छ ।

भिजनले धनगढी शाखाबाट डिम्याट, टिएमएसलगायतका सेवा उपलब्ध गराउने र सेयरलगानीकर्ताकोरकम भुक्तानी समयमै दिने जनाएको छ । सेवाग्राहीले भिजनबाट उपलब्ध हुने डिम्याट, टिएमएस, रकम भुक्तानीलगायतका सेवा कार्यालयमै आएर वा अनलाइनमार्फत पनि लिन सक्ने ब्यवस्था रहेको जोशीले जानकारी दिइन् । पछिल्ला दिनमा सेयर ब्रोकरले धनगढीमा कार्यालय स्थापना गरी सेयरको खरिद, बिक्रीका साथै सेयर सम्बन्धी सबै सुविधा दिन थालेपछि ब्रोकर कार्यालयमा भीड बढ्न थालेको सेयरलगानीकर्ता युवराज जोशीले बताए ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap