धनगढीमा पछिल्लो समय आँखा पाक्ने रोगको संक्रमण तिब्र बढ्दै


लेखक : सुन्दराञ्चल      साउन ११, २०८० मा प्रकाशित     
धनगढीमा पछिल्लो समय आँखा पाक्ने रोगको संक्रमण तिब्र बढ्दै

धनगढी साउन ११, धनगढीमा पछिल्लो समय आँखा पाक्ने रोगको संक्रमण बढ्दै गइरहेको छ । जिल्लाको धेरै जस्तो बिद्यालयमा, भिडभाड हुने ठाउँबाट रोगको संक्रमण तिब्र गतिमा बढेसंगै आँखा अस्पताल,प्रादेशीक अस्पताल,स्वास्थ्य केन्द्रहरु लगायत निजी क्लिनिकमा बिरामीहरुको चाप बढ्दै गइरहेको छ । पछिल्लो समय

गेटा आँखा अस्पतालका बरिष्ठ नेत्र अधिकृत रमेश चन्द्र भट्टले अस्पतालमा एकसाता देखि आँखा पाक्ने बिमारीको संख्या बढ्दै गइरहेको बताए । दैनिक पाँच सय द्ेखी ,छ सय भन्दा बढी बिरामी अस्पतालमा आउने गरेकोमा करिब ७० प्रतिशत बिरामीमा आँखा पाक्ने समस्या देखिएको अस्पतालका बरिष्ठ नेत्र अधिकृत रमेश चन्द्र भट्टले बताए ।

कन्जङ्टिभाइटिस अर्थात् आँखा पाक्ने रोग लागेमा आँखाको सेतो भागको बाहिरी तह र आँखाको ढकनीको भित्री तहमा पोलेको महशुस हुने, आँखा फुस्रो वा रातो देखिने, आँखामा पीडा हुनुका साथै पोलेको, चिलाएको वा केही बिझाएको महशुस हुने,आँखामा धेरै आँसु आउने र बिहान उठ्ने बेलामा आँखाको ढकनी एकआपसमा टाँसिने जस्ता लक्ष्यण देखिने बरिष्ठ नेत्र अधिकृत भट्टले बताए ।

यो रोग लाग्दा आँखाको सेतो भाग सुन्निन पनि सक्छ। यदि आँखा पाक्ने रोगका साथमा एलर्जी भयो भने अझ धेरै चिलाउने हुन सक्छ र यसले एउटा मात्रै वा दुबै आँखामा असर पुर्याउन सक्छ ।

भाइरसको सङ्क्रमण पछि लगत्तै हुने ब्याक्टेरियाको सङ्क्रमण र फूलहरूको पुङ्केशर वा जनावरको रौंका कारणले हुने एलर्जीले आँखा पाक्ने रोग लाग्ने गरेको उनले बताए ।

कुनै पनि सामान नधोइकन प्रयोग नगर्ने, पटक पटक हात–मुख धुने, आँखा पाकेका बिरामीले प्रयोग गरेका रुमाल, कपडा, ओछ्यान, तौलिया जस्ता सामानको अरूले प्रयोग नगर्ने, आंखा पाकेका बिरामीको नजिक नजाने भट्टले बताए ।

यो रोग अत्यन्तै तिब्र गतिमा सर्ने भएकाले रोग लागेको व्यक्तिले विद्यालय,बजार जस्ता बढि भिडहुने ठाउँहरुमा जान नहुने उनको भनाई छ । आँखा सम्बन्धि कुनै समस्या देखिएमा आँखा अस्पतालमा गई बिशेषज्ञको सल्लाह अनुसार औषधी सेवन गर्नुपर्ने उनकोे भनाई छ ।

 

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap