धनगढीमा टिभिएस महाएक्सचेञ्ज मेला सुरु,विभिन्न स्किमको व्यवस्था


लेखक : सुन्दराञ्चल      बैशाख ११, २०८२ मा प्रकाशित     
धनगढीमा टिभिएस महाएक्सचेञ्ज मेला सुरु,विभिन्न स्किमको व्यवस्था

धनगढी, वैशाख  ११, कैलालीको धनगढीमा आज (आइतबार)देखि टिभिएस महाएक्सचेञ्ज मेला सुरु भएको छ ।

टिभिएस मोटर्सको नेपालका लागि आधिकारिक आयातकर्ता तथा बितरक जगदम्बा मोटर्स प्रालिको धनगढी र अत्तरियाका लागि आधिकारिक बिक्रेता बागेश्वरी अटोमोटिभ्सको आयोजनामा धनगढीमा टिभिएस महाएक्सचेञ्ज मेला सुरु गरेको हो। जुन मेला टिभिएसको सुदूरपश्चिमको अहिलेसम्मकै ठूलो हो।

यही वैशाख १२ गतेसम्म (६ दिन) धनगढीको पार्कमोडमा सञ्चालन हुने एक्सचेञ्च मेलामा बजारको बढ्दो मागलाई मध्येनजर गर्दै विभिन्न स्किमको व्यवस्था गरिएको छ । मेलामा १ लाखसम्मको नगद छुट छ भने ३० हजार न्युनतम ग्यारेन्टेड मुल्यांकन रहेको जगदम्बा मोटर्सका सेल्स हेड धनिराम भुसालले जानकारी दिए।

यो अवधिमा खरिद गर्ने ग्राहकले मध्यनजर गरेर नागरिकता र सवारी चालक अनुमतिपत्रको भरमा पनि मोटरसाइकल खरिद गर्न सक्ने छन्।टिभिएस सुदूरपश्चि प्रदेशमा सर्वाधिक रुचाइएको ब्रान्डमा पर्दछ भने हाल नेपालमा सर्वाधिक बिक्री दर भएको र धेरै रेन्ज भएको मोटरसाइकल कम्पनिमा पर्छ।

यस्तै मेला लन्चको भिडियोलाई सेयर गरि धेरै लाइक तथा कमेन्ट आउने तीन जना भाग्यशाली बिजेतालाई मेला सकिएको अन्तिम दिन आकर्षक उपहार दिइने बागेश्वरी अटोमोटिभ्सका सञ्चालक प्रेम साउँदले जानकारी दिए।टिभिएसले लाइफ टाइम वारेन्टी प्रदान गर्ने देशमा नेपाल मात्रै रहेको छ ।

 

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap