धनगढीमा चलचित्र काँडेतारको च्यारिटी शो माघ २० गते हुने


लेखक : सुन्दराञ्चल      माघ १५, २०८० मा प्रकाशित     
धनगढीमा चलचित्र काँडेतारको च्यारिटी  शो माघ २० गते हुने

धनगढी , १५ माघ / धनगढीमा माघ २० गते काँडेतार चलचित्रको च्यारिटी शो हुने भएको छ । राष्ट्रवादको भावनाले ओतप्रोत भएको चलचित्र काँडेतारको च्यारिटी शो धनगढीमा रहेको एसटिएस सिनेमा हलमा हुने चलचित्र निर्माताहरुले बताए ।

सोमबार धनगढीमा चलचित्र पत्रकार संघ सुदूरपश्चिमको आयोजनमा पत्रकार सम्मेलन गरि काँडेतारका निर्माताहरुले उक्त कुराको जानकारी दिए। निर्माता÷निर्देशक नबल खड्काले सिनेमाको कथा रास्ट्रभक्तीमा आधारीत रहेको बताए । काँडेतार चलचित्रमा नेपालीले छिमेकि राष्ट्रहरुबाट भुमि अतिक्रमण, सिमा विवाद, खुला सिमानाकाबाट भोग्नुपरेको समस्या चित्रण गरिएको कथानक प्रस्तुत गरिएको बताए ।

अब एक एक युवा शक्तिले विदेशी चलचित्रलाई बहिष्कार गरेर पनि राष्ट्रियता बचाउने बेला आएको बताए । काँडेतार चलचित्रले साच्चिकै काडेतारकै काम गनेमा आफु विश्वस्थ रहेको बताए ।

काँडेतार चलचित्र निर्माण गर्न ४ करोड जति लागत लागेको बताउँदै आउदो फाल्गुन २५ गतेबाट सर्वसाधरणको लागि पनि खुला गरिने बताए ।

धनगढीमा च्यारिटी शोबाट उठेको रकम सिमानामा मारिएका सहिद गोबिन्द गौतम को परिवारलाई सहयोग गरिने उनले बताए । कञ्चनपुरको पुनर्वास नगरपालि वडा नं ४ का सहिद गोविन्द गौतमको देशको सीमा रक्षाका क्रममा ज्यान गएको थियो । २०७३ फाल्गुन २६ गते स्थानीय कारगिल डाँडा नजिकै कल्भर्ट निर्माणका क्रममा भएको विवादपछि भारतीय सीमा सुरक्षा बल ‘एसएसबी’को गोली लागेर उनको ज्यान गएको थियो ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap