धनगढीमा कांग्रेस सभापति देउवाको घरको गेटमा राखेको शङ्कास्पद वस्तु निष्क्रिय,


लेखक : सुन्दराञ्चल      भदौ ९, २०८१ मा प्रकाशित     
धनगढीमा कांग्रेस सभापति देउवाको घरको गेटमा राखेको शङ्कास्पद वस्तु निष्क्रिय,

धनगढी भदौ ९ धनगढीमा रहेको नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको घर अगाडिको शङ्कास्पद वस्तु निष्क्रिय पारिएको छ। पूर्व प्रधानमन्त्रीसमेत रहेका काँग्रेस सभापति सेरबहादुर देउवाको धनगढीस्थित निवास अगाडि शनिवार राति शङ्कास्पद वस्तु फेला परेको थियो। आइतवार बिहान नेपाली सेनाको टोलीले निष्क्रिय गरेको हो।

धनगढी उपमहानगरपालिका–४ कर्मचारी सञ्चय कोष नजिकै रहेको देउवा निवास अगाडि शनिवार राति शङ्कास्पद वस्तु फेला परेको खबर जिल्ला प्रहरी कार्यालय कैलालीले १ बजे पाएको थियो ।

नेपाल प्रहरी त्यसलगत्तै शङ्कास्पद बस्तु भएको ठाउँमा पुगेको थियो भने नेपाली सेनाले दुई टोली पुगेको थियो। बिहान ५ बजे पुगेको टोलीले शङ्कास्पद बस्तु निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ।
झोला भित्र चिया पकाउने विद्युतीय भाँडो र उक्त भाँडो भित्र माटो भरेर त्यहाँ राखिएको थियो। त्रास फैलाउने र चेतावनी दिने शैलीमा त्यहाँ शङ्कास्पद बस्तु राखिएको प्रहरीले अनुमान गरेको छ। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap