धनगढीमा आयोजना गरेको ,महायज्ञको तेस्रो दिन : २५ लाख ३० हजार रूपैयाँ दान संकलन


लेखक : सुन्दराञ्चल      माघ २६, २०८१ मा प्रकाशित     
धनगढीमा आयोजना गरेको ,महायज्ञको तेस्रो दिन : २५ लाख ३० हजार रूपैयाँ दान संकलन

धनगढी :माघ २६, मानवसेवा आश्रमले माघ २३ गतेदेखि धनगढीमा आयोजना गरेको महायज्ञमा शुक्रबार २५ लाख ३० हजार रूपैयाँ बराबरको दान संकलन भएको छ । मानवसेवा आश्रमले सुदूरपश्चिम प्रदेशस्तरीय भवन धनगढीमा निर्माण गर्ने उद्देश्यले आयोजना गरेको महायज्ञमा मनकारी दाताहरूले दान गर्ने क्रम जारी रहेको छ ।
शुक्रबार महायज्ञमा व्यक्तिगत तथा संस्थागत रूपमा दान गर्ने दाताहरूको उल्लेखनीय सहभागिता रहेको आयोजक समितिले जनाएको छ ।
कञ्चनपुरस्थित शुक्लाफाँटा नगरपालिकाले धनगढी शाखाको एक कोठा निर्माणका लागि ६ लाख ५१ हजार १ सय १५ रूपैयाँ प्रदान गर्ने भएको छ । त्यस्तै नगरपालिकाले यसै आर्थिक वर्षभित्र आश्रमको सेवा सहजताको लागि १ लाख रूपैयाँ दिने घोषणा गरेको छ । नगरपालिकाको तर्फबाट नगरप्रमुख रणबहादुर मल्ल र नगर उप–प्रमुख कल्पना जोशी पन्तले ७ लाख ५१ हजार १ सय १५ रूपैयाँ दिने प्रतिवद्धता गरिन ।
धनगढी उपमहानगरपालिका–४ निवासी समाजसेवीरव्यवसायी तथा महायज्ञ मूल आयोजक समितिका संयोजक मदन कुँवरका विदेशमा बस्ने छोराछोरीले स्वर्गीय हजुरबुवाको स्मृतिमा भवनको एक कोठा निर्माणका लागि ६ लाख ५१ हजार १ सय १५ रूपैयाँ दान गरेको छ भने त्यस्तै धनगढी उपमहानगरपालिका–३ निवासी कल्पना थापाले पनि स्वर्गीय आमा ज्ञानु अधिकारीको स्मृतिमा भवनको एक कोठा निर्माणका लागि ६ लाख ५१ हजार १ सय १५ रूपैयाँ दान गरेको हो ।
महायज्ञमा टीकापुर नगरपालिका–६ कैलाली निवासी मोहनबहादुर शाहले आश्रमको अक्षयकोष सहयोगार्थ १ लाख २५ हजार रूपैयाँ र भवन निर्माणका निम्ति ११ हजार १ सय ११ रूपैयाँ योगदान गरेको छ । धनगढी उपमहानगरपालिका–१ निवासी सनराइज बोर्डिङ स्कूलको संरक्षक प्रिजा सापकोटाले भवन निर्माण सेवाका लागि महायज्ञमा १ लाख ११ हजार रूपैयाँ दान गरिन । धनगढी निवासी गजेन्द्रवीर चन्दले ५१ हजार रूपैयाँ, वीरबहादुर जेठाराले १० हजार ५ सय ५ रूपैयाँ, नवजीवन नर्सिङ कलेजले ५१ हजार १ सय ११ रूपैयाँ दान गरेको हो । धनगढी उपमहानगरपालिका–१, कैलालीस्थित नेपाल टेलिकम दूरसञ्चार कर्मचारी परिवारद्वारा भवन निर्माण सहयोगार्थको लागि सुखबहादुर मल्लसहितको टीमले १६ हजार १ सय ४० रूपैयाँ दान गरेको हो ।
त्यस्तै महायज्ञमा भवन निर्माण सेवाका लागि धनगढी निवासी सरस्वती धामी जोशीले ५ हजार १ सय ५ रूपैयाँ, धनगढी उपमहानगरपालिका–३ निवासी भीमदत्त पनेरूले ५ हजार १ सय १५ रूपैयाँ, धनगढी उपमहानगरपालिका–५ निवासी उषा जोशीले ५ हजार १ सय ५ रूपैयाँ, धनगढी उपमहानगरपालिका–२ निवासी टेकबहादुर रावतले ५ हजार ५ रूपैयाँ, धनगढी उपमहानगरपालिका–२ निवासी कुलबहादुर हमालले १५ हजार ५ सय ५५ रूपैयाँ, नवजीवन नर्सिङ कलेजले ५१ हजार १ सय ११ रूपैयाँ, श्यामलाल जोशीले ५ हजार ५ सय ५ रूपैयाँ, ध्रुवराज जोशीले ५ हजार १ सय रूपैयाँ, पुनित गुप्ताले ५ हजार १ सय १० रूपैयाँ, अर्जुनप्रसाद भट्टले ११ हजार १ रूपैयाँ, धनगढीस्थित देउडा संस्कृति संरक्षण प्रतिष्ठानले ८ हजार रूपैयाँ योगदान गरेको छ ।
महायज्ञमा आज वरिष्ठ पत्रकार राजेन्द्र बानियाँको समेत प्रस्तुति रहने आश्रमले जनाएको छ । माघ २३ गतेदेखि सुरू भएको महायज्ञ पशुपति टोलमा (सुदूरपश्चिम महोत्सव हुने) ३० गतेसम्म सञ्चालन हुनेछ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap