धनगढीमा आज परराष्ट्रमन्त्री आरजु र प्रचण्ड आउनेभएपछि सुरक्षा व्यवस्था कडा


लेखक : सुन्दराञ्चल      भदौ १२, २०८१ मा प्रकाशित     
धनगढीमा आज परराष्ट्रमन्त्री आरजु र प्रचण्ड आउनेभएपछि सुरक्षा व्यवस्था कडा

भाद्र १२, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र परराष्ट्रमन्त्री आरजु राणा देउवा आज धनगढी आउँदै छन् । पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्ड पार्टीको प्रदेश परामर्श बैठक र मन्त्री आरजु गौरा पर्वमा सहभागी हुन धनगढी आउन लागेका हुन् ।
उनीहरु अहिले बिहान नियमित उडानमार्फत धनगढी अवतरण गर्ने कार्यक्रम छ । माओवादीको सुदूरपश्चिम प्रदेश संयोजन समितिमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको परामर्श बैठक आज बिहान ११ बजेबाट स्वास्थ्य तालिम केन्द्रमा सुरु हुँदैछ । सो बैठक दुई दिनसम्म चल्ने छ ।
बैठकमा पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षद्धय अग्नि सापकोटा र पम्पा भुषाल, महासचिव देव गुरुङ, उपमहासचिव गिरीराजमणी पोखरेल, जनाद्र्धन शर्मा, वर्षमान पुन, शक्ति बस्नेत, हरिबोल गजुरेललगायत नेताहरू सहभागी हुने माओवादी केन्द्रले जनाएको छ ।

पूर्व प्रधानमन्त्री प्रचण्ड र मन्त्री आरजु धनगढी आउने भएपछि कैलाली प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ । हिजो मात्रै प्रहरीले मन्त्री आरजुविरुद्ध स्टाटस लखेको भन्दै दुई जनालाई नियन्त्रणमा लिएको थियो भने नेकपा बहुमत निकट ६ जनालाई पनि पक्राउ गरेको थियो । केही दिनअघि मात्रै मन्त्री आरजु निवासको अगाडि बम भेटिएको थियो । त्यसपछि प्रहरीले सुरक्षा सतर्कता बढाएको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap